१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आज सातै प्रदेशमा भारी वर्षा हुने, बाढी पहिरोबाट सर्तक रहन आग्रह


0
Shares

काठमाडौं, ९ असार । नेपालमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ।

हाल देशभर सामान्य देखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका एक वा दूई स्थानमा मेघ–गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान महाशाखाको अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरुमा मेघ–गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यसैगरी आज राती देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ–गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशभर सामान्य बदली रही मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, मधेश,गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षा र मेघ–गर्जन÷चट्याङ्ग का कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । सडक तथा हवाई यातायात, कृषी, पर्यटन लगायतका क्षेत्रहरु प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया