२३ भाद्र २०८१, आइतबार | September 8, 2024

८ वर्ष कैद सुनाइएका फरार प्रतिवादी पक्राउ


0
Shares

सुनसरी,८ असार । डाँका तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । दुहबी नगरपालिका–१ प्रस्टोकी बस्ने ४० वर्षीय फिदा भन्ने फिर्ता हुसेनलाई पक्राउ बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत मोरङको २०७८ पुस २६ गतेको फैसलाले डाँका तथा जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद र ७० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको प्रहरीले दुहबी नगरपालिका–८ सोनापुरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेश गरिएकोमा अदालतको आदेशल कैद भुक्तानको लागि मोरङ कारागार पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया