२३ भाद्र २०८१, आइतबार | September 8, 2024

हलमा तैनाथ नगर प्रहरीलाई महानगरले फिर्ता बोलायो


83
Shares

काठमाडौं, ८ असार । काठमाडौंका फिल्महलमा बिहीबारदेखि काठमाडौं महानगरपालिकाले खटाएको नगर प्रहरीलाई आज फिर्ता बोलाइएको छ ।

हिन्दी फिल्मको प्रदर्शनी रोक्न महानगरले प्रत्येक हलमा १० जना प्रहरी तैनाथ गरेको थियो ।

सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न उच्च अदालत पाटनले हिजो अल्पकालिन अन्तरिम आदेश दिएसँगै आज महानगरले नगर प्रहरी फिर्ता बोलाएको हो ।

महानगरका मेयर बालेन शाहले देशको सार्वभौमिताका लागि अदालतको आदेश स्ट्याटस सामाजिक सञ्जालमा राखेपछि उनको पक्ष र विपक्षमा चर्चा भइरहेको छ कक।

बालेनले हिन्दी फिल्म आदिपुरुषमा सीताको जन्मको बारेमा विवादास्पद संवाद राखेको र त्यो नहटाएसम्म कुनै पनि हिन्दी फिल्म काठमाडौंमा प्रदर्शन गर्न नदिने निर्णय गरेका थिए ।

प्रतिक्रिया