३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रेम सुवालद्वारा भारतका लागि राजदूत डा. शर्मालाई फिर्ता बोलाउन माग


0
Shares

काठमाडौं, ४ असार । भारतका लागि राजदूत डा. शंकर शर्मालाई फिर्ता बोलाउन संसदमा माग भएको छ । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले सोमवार संसदमा बोल्दै शर्माको अभिव्यक्तिलाई लिएर फिर्ता बोलाउन माग गरेका हुन् ।

सांसद सुवालले भारतले आफ्नो संसद भवनमा राखेको अखण्ड भारतको नक्साले कुनै प्रभाव नपर्ने भनी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । कूटनीतिक मर्यादाबाहिर गएर शर्माले अभिव्यक्ति दिएकाले फिर्ता बोलाउन माग गरे ।

राजदूत शर्माले चीनको बीआरआईले दिने लोनले ऋणको पासोमा पार्छ भनी अभिव्यक्ति दिएकोमा समेत विरोध गरे । शर्माले एक दैनिक अखरबारलाई अन्तवार्ता दिदै नेपालको भारतसँग सहज आवागमत र व्यापार रहेकाले विशेष सम्बन्ध रहेको बताएका थिए । उनले चीनको बीआरआईको लोनको समेत आलोचना गरेका थिए ।

शर्माको अभिव्यक्तिलाई लिएर विपक्षी नेकपा एमालेका सांसदले समेत गत हप्ता संसदमा विरोध गरेका थिए । आज विरोध गर्ने सांसद सुवालको दल नेमकिपा भारत विरोधी दलका रुपमा चिनिएको छ । उसको चीन र उत्तर कोरियासँग विशेष सम्बन्ध रहँदै आएको छ ।

प्रतिक्रिया