१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आजदेखि काठमाडौंमा भारतीय चलचित्र नचल्ने


0
Shares

काठमाडौं, ४ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आजदेखि काठमाडौंमा भारतीय चलचित्र निषेधको घोषणा गरेका छन् । साहले सोमवारबाट कुनैपनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गरिएको आइतबार घोषणा गरेका हुन् ।

साहले सामाजिक सञ्जालमार्फत् चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने अंश नहटाएसम्म भारतीय चलचित्र महानगरभित्र प्रदर्शन निषेध गरिएको लेखेका छन् ।

साहले शुक्रवार तीन दिनको समय दिएर उक्त अंश हटाउन भन्दै भारतीय चलचित्रको प्रदर्शन रोक्ने चेतावनी दिएका थिए । तर, अंश नहटाएपछि भारतीय चलचित्रको प्रदर्शन रोक्ने घोषणा गरेका हुन् ।

बालेन साहको पछिल्लो घोषणा सामाजिक सञ्जालमा टे«न्डिङमा आएको छ । उनले ग्रेटर नेपालको नक्शा समेत आफ्नो कार्यकक्षमा राखेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया