जिम्वावेविरुद्ध शानदार ब्याटिङ गर्दै नेपालले दियो २९१ रनको लक्ष्य

काठमाडौं, ३ असार । नेपालले आइसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोट खेलमा जिम्बावेविरुद्ध शानदार ब्याटिङ गरेको छ । नेपालले ८ विकेट गुमाएर २९० रन बनायो ।
नेपालका कुशल भुर्तेल ९९ रन बनाउन सफल भए । कुशल मल्लले ४१ र अशिफ शेखले ६६ रन बनाए । मल्ल र शेख क्रिजमा निकै जमे ।
नेपालले आयोजक जिम्बावेविरुद्ध शानदार प्रदर्शन गरेको छ । नेपाली बलरहरु सशक्त रहेकाले जीतको सम्भावना बलियो छ ।