५ कार्तिक २०८१, सोमबार | October 21, 2024

पशुपतिले ल्याए ‘तिम्रा नेता बिग्रिए जाग जनता’


0
Shares

काठमाडौं, ३० जेठ । गायक पशुपति शर्माले ‘तिम्रा नेता बिग्रिए जाग जनता’ बोलको गीत बजारमा ल्याएका छन् । पशुपतिले मंगलबार आफ्नै युट्युब च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरेका हुन् ।

नेतालाई व्यंग्य गरेको गीतमार्फत जनतालाई सचेत हुन आग्रह गरिएको छ । नेता बिग्रिए देश बिग्रने भन्दै जनता सचेत हुनुपर्ने मुल आशय हो ।

भोटमाग्दा चुरिफुरी गर्ने नेताका समाचार पढ्दा लाज लाग्ने गरेको भन्दै गीतले देश चलाउने चावी कहाँ छ भन्दै नेतालाई जवाफ मागेका छन् ।

१२ कक्षा पढेका र पढेलेखेका अधिकांश शिक्षित नेपाली विदेश गएको भन्दै उनले युवा रोक्ने नीति नेपाली राजनीतिज्ञसँग के छ भन्दै प्रश्न गरेका छन् ।

 

प्रतिक्रिया