३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सुवास नेम्वाङको हत्या प्रयास कस्ले गर्यो ?


0
Shares

काठमाडौं, २६ जेठ । राजनीतिमा विषय मोड्न अनेकन हतकण्डा अपनाइन्छ । आशंकाको बीऊ रोपेर चाँडै फलाइन्छ । यस्तै भइरहेको छ नेपालमा ।

पछिल्लो समय नेकपा एमालेले पूर्व सभामुख सुवास नेम्वाङको हत्या प्रयास भएको दाबी गर्दै संसदमा विरोध गरेको छ । आज शुक्रवार एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्दै नेम्वाङलाई एम्बुस थापेर हत्या गर्न खोजिएको दाबी गरे ।

नेम्वाङ कोशी प्रदेशको कार्यक्रममा जाँदा एम्बुस थापिएको भट्टराईले बताए । भट्टराईले भने, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको हत्याको प्रयास भएको थियो ।
पछिल्लो समय कोशी प्रदेश राखिएपछि विरोधहरु भइरहेको छ । कोशीमा विभिन्न जातीय मोर्चाहरुले विरोध कार्यक्रम गर्दै आएका छन् । उनीहरुले मुख्य दलका नेताहरुको कार्यक्रममा पनि अवरोध गरेका छन् ।

कोशी प्रदेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रममा पनि वैशाखमा विरोध भएको थियो । ओलीले राजावादीमाथि विरोध र आक्रमणको प्रयासको आरोप लगाएका थिए ।

नेपालको कोशी प्रदेशमा यूएमएलका अध्यक्ष ओली, उपाध्यक्ष नेम्वाङलगायत शक्तिशाली नेताहरु चुनाव जितेर आएका छन् । त्यहाँ उनीहरुविरुद्ध गतिविधि बढेको छ ।
ओलीको आफूमाथिको आक्रमणको प्रयासमा पूर्वराजाका समर्थकहरुतर्फ संकेत थियो । नेम्वाङमाथिको आक्रमणको आक्षेप पनि त्यतै लक्षित छ ।

पूर्वराजाका समर्थकले हिन्दूराष्ट्रको माग उठाइरहेका छन् । नेम्वाङ भने हिन्दूराष्ट्र संविधानबाट मेटाउने कार्यको जस बोकेर हिंडिरहेका छन् ।

प्रतिक्रिया