४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

असार १ गतेदेखि सडक खन्न नपाइने


0
Shares

काठमाडौं, २५ जेठ । आगामी असार १ गतेदेखि सडक खन्न नपाइने भएको छ । नेपाल सरकारले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म वर्षायाम सुरु हुने भएकोले सडक खन्न रोक लगाएको हो ।

सडक विभागले वर्षायाममा धारा,ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिदै जाने भएकोले रोक लगाइएको सूचनामा उल्लेख गरेको छ ।

सो अवधिमा संघीय सडक सुपरिवेक्षण तथा अनुुगमन कार्यालय काठमाडौं र सडक डिभिजनहरु मातहतका कुनै पनि सडक खन्ने स्वीकृत नदिइने विभागले स्पष्ट पारेको छ । यदि कसैले जबरजस्ती सडक खनेमा कडा कारबाही गर्ने पनि चेतावनी दिएको छ ।

 

प्रतिक्रिया