२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

प्रचण्डको अर्को छलाङ, महाकालेश्वर दर्शनको तस्बिर बन्यो भाइरल


0
Shares

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक जीवनमा अर्को छलाङ मारेका छन् । उनले पहिलोपटक मन्दिर दर्शन गरेको तस्बिर भाइरल भएको छ । त्यो पनि भारतमा ।

भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा प्रचण्ड गेहरु वस्त्रमा दर्शन गरिरहेको तस्बिर भाइरल भएको छ । उनीसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत पनि छन् ।

प्रचण्ड धर्मनीरपेक्षका पक्षधर नेता हुन् । उनी हिन्दू धर्म मान्ने परिवारमा जन्मिएको भएपनि आफूलाई नास्तिक मान्छन् । तर, प्रचण्डले मन्दिरको दर्शन गरेबाट विभिन्न टिकाटिप्पणी भएको छ ।

कम्युनिस्टहरु आफूलाई नास्तिक मान्ने गर्छन् । तर, नेपालमा पछिल्लो समय कम्युनिस्ट नेताहरुबीच मन्दिर जाने प्रतिष्पर्धा नै चलेको छ ।

प्रतिक्रिया