३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्ड साउनमा चीन जाने अग्निको खुलासा


0
Shares

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साउनको मध्यतिर चीन जाने भएका छन् । यसको खुलासा चीन भ्रमणबाट फर्किएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गरेका हुन् ।

प्रचण्डले भ्रमणको सम्भावित मितिबारे चिनियाँ पक्षलाई सन्देश पनि पठाएको खुलेको हो । बिहिवार साँझ चीन भ्रमणबाट फर्किएको नेकपा माओवादी केन्द्रका अध्यक्ष अग्निप्रसाद सापकोटासहितको २० जना माओवादी नेताहरुको टोलीले काठमांडूमा आज शुक्रवार पत्रकार सम्मेलन गरी प्रचण्डको सम्भावित चीन भ्रमणबारे खुलाएका हुन् । भ्रमण दलका नेता सापकोटाले प्रचण्डले नै साउनको मध्यतिर भ्रमणको सम्भावनाको सन्देश आफूमार्फत् पठाएको बताए ।

प्रचण्ड भारत भ्रमणमा रहँदा चीन भ्रमणको सम्भावित मितिबारे खुलासा भएको हो । भारत जानुअघि नै प्रचण्डलाई चीन भ्रमणको निम्तो आएको थियो । तर, उनले पहिलो विदेश भ्रमणको गन्तव्य भारतलाई नै बनाए ।

माओवादी उपाध्यक्ष सापकोटाले चीनको बीआरआईबारे पनि कुराकानी भएको बताए । बीआरआईका केही योजना अनुदानमा भए आयोजना अगाडि बढाउन सकिने प्रस्ताव राखेको जानकारी दिए ।

२०१७ मा चीनसँग नेपालको बीआरआई सम्झौता भएपनि आयोजना बढ्न सकेको छैन । नेपालले ऋणमा नभई अनुदानमा मात्र बीआरआई स्वीकार्ने अडान लिएको छ ।

प्रतिक्रिया