१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आज कहाँ–कहाँ जादैंछन् प्रचण्ड !


0
Shares

काठमाडौँ, १९ जेठ । भारतको ४ दिने औपचारिक भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज महाकालेश्वर मन्दिर दर्शन गर्न जाने भएका छन् । आज मध्य प्रदेशको उज्जैनमा रहेको सो मन्दिरमा प्रचण्डले पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड आज बिहान ११ बजे मन्दिरमा पुग्ने र १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्ने भ्रमण तालिकामा उल्लेख छ ।

नेपालका प्रधानमन्त्रीको ‘अति विशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरी शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको छ । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सो मन्दिरमा प्रचण्डलाई मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने र प्रचण्ड इन्दोर प्रस्थान गर्ने कार्यसूची रहेको छ ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया