१० बैशाख २०८३, बिहिबार | April 23, 2026

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर


0
Shares
१. विसं २०८० जेठ १५ मा अर्थमन्त्री प्रकाशशरण महतद्वारा आव २०८०र८१ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ  ?
 रु। १७ खर्ब ५१ अर्ब ३१ करोड
बजेट : सङ्क्षिप्त झलक
कुल बजेट : १७ खर्ब ५१ अर्ब ३१ करोड
चालु : ११ खर्ब ४१ अर्ब
पुँजीगत :  तीन खर्ब दुई अर्ब
वित्तीय व्यवस्थापन :  तीन खर्ब सात अर्ब
राजस्व :  १२ खर्ब ४८ अर्ब ६२ करोड
वैदेशिक अनुदान : ४९ अर्ब ९४ करोड
वैदेशिक ऋण :  दुई खर्ब १२ अर्ब ७५ करोड
आन्तरिक ऋण :  दुई खर्ब ४० अर्ब
प्रदेश र स्थानीय तहलाई अनुदान
वित्तीय समानीकरण : एक खर्ब ४६ अर्ब
प्रदेश :  ५८ अर्ब ६७ करोड
स्थानीय तह :  ८७ अर्ब ३५ करोड
ससर्त अनुदान : दुई खर्ब २७ अर्ब
प्रदेश :  ३५ अर्ब ७२ करोड
स्थानीय तह :एक खर्ब ९१ अर्ब
समपूरक अनुदान : १३ अर्ब २७ करोड
प्रदेश : छ अर्ब २२ करोड
स्थानीय तह: सात अर्ब पाँच करोड
विशेष अनुदान : १३ अर्ब २३ करोड
प्रदेश : चार अर्ब ३६ करोड
स्थानीय तह : आठ अर्ब ७२ करोड ९६ लाख
राजस्व बाँडफाँट : दुवैलाई गरी एक खर्ब ७३ अर्ब ९२ करोड
बजेटका प्रमुख विशेषता
– आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान
– मुद्रास्फीति ६।५ प्रतिशतमा सीमित राखिने
– संसद् विकास कोष पुनः कार्यान्वयनमा ल्याइने
– सामाजिक सुरक्षा भत्ता यथावत्
– गाँजा खेतीका लागि सम्भाव्यता अध्ययन गरिने
– औचित्य नभएका २० वटा संस्था खारेज
– प्रोत्साहन भत्ता खारेज, नयाँ गाडी नकिन्ने, नयाँ भवन नबनाउने, आगामी वर्ष देशको सार्वभौम मूल्याङ्कन गर्ने
– ‘वाटर फ्रम द हिमालय’ नामले ब्रान्डिङ गरी पानी निर्यात गरिने
– फागुनभित्र बजेटको सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरिने
– नवजात शिशुका लागि मिल्क बैङ्क सञ्चालन गर्ने
– सबै सरकारी भवन एकै डिजाइनका हुने, फरक डिजाइनलाई बजेट नदिने
– नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, एक सय रुपियाँमा दर्ता गर्न सकिने
– एक अर्बभन्दा बढीका कार्यव्रmममा अनुगमन समिति बनाउने
– विद्यालयले दिवा खाजामा जङ्क फुड दिन नपाउने
– ९८ प्रकारका औषधी निःशुल्क गरिने
– आगामी आवमा लगानी सम्मेलन गर्ने
– सूचना प्रविधिमा वैदेशिक लगानीको सिमा हट्यो
– पाँचखालमा निर्माणाधीन औद्योगिक ग्रामको नाम महिला उद्यम ग्राम
– ११० स्थानीय तहमा २५ हजार भूमिहीनलाई लालपुर्जा
– वातावरणी मूल्याङ्कन प्रतिवेदन ३० दिनभित्र स्वीकृति दिइने
– दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण सुरु हुने
– २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाइने
– ३६ प्रकारका निर्यातमा प्रदान गरिँदै आएको
अनुदानमा निरन्तरता
प्रतिक्रिया