३ आश्विन २०८१, बिहिबार | September 20, 2024

प्रचण्डद्वारा दरबार हत्याकाण्डको दोषी खोज्ने दाबी


0
Shares

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २२ वर्षअघि भएको दरबार हत्याकाण्डको अनुसन्धान गर्न लगाउने घोषणा गरेका छन् । उनले आज मंगलवार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बोल्दै यस्तो घोषणा गरेका हुन् ।

दरबार हत्याकाण्डको सत्यतथ्य नआएको प्रचण्डको भनाई छ । उनले देशमा यसअघि भएका ठूला हत्याकाण्डको पनि खोजी गरिने बताए ।

२०५८ जेठ १९ मा नारायणहिटी राजदरबारमा हत्याकाण्ड भएको थियो । उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो । घटनामा ९ जना मारिएका थिए ।

घटनाको अनुसन्धान गर्न गठित समितिले तत्कालीन युवराज दीपेन्द्रले नै मातापितासहित ८ जनाको हत्या गरी आत्महत्या गरेको प्रतिवेदन बुझाएको थियो । नेपाली जनताले यो प्रतिवेदनमाथि नै आशंका गर्दै आएका छन् ।

प्रतिक्रिया