४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

जलहरी प्रकरणको विषय संसदको रेकर्डबाट हटाउने प्रमुख तीन दलको सहमति


0
Shares

काठमाडौं, १३ जेठ । सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणको विषयलाई संसदको रेकर्डबाट हटाइने भएको छ ।

आज बिहान बसेको प्रमुख तीन दलका नेताहरुबीचको बैठकले सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जोडेको अभिव्यक्ति हटाउने सहमति भएको हो ।

तथ्यहीन आरोप लगाएको भन्दै नेकपा एमालेले शुक्रबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो । सोही विषयलाई टुंग्याइ सदन सञ्चालन गर्न आज शीर्ष तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच छलफल भएको हो ।

संसदको जेठ ९ गते बसेको प्रतिनिधि सभाको बैठकमा सांसद लेखनाथ दाहालले केपी शर्मा ओलीलाई इंगित गर्दै पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाइ भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

 

प्रतिक्रिया