भ्रष्टाचार गरेको प्रमाणित भए जेल जान तयार छु : प्रचण्ड (भिडियोसहित)

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्टोन्टमेन्टमा आफूले भ्रष्टाचार गरेको प्रमाणित भए जेल जान तयार रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसद ज्ञानेन्द्र शाहीले सोधेको प्रश्नको जवाफ दिंदै दाहालले यस्तो बताएका हुन् ।
‘क्यान्टान्टमेन्टको कुरा कपोलकल्पित र पूर्वाग्रही छ भन्ने कुरा मलाई दृढ विश्वास छ । कसैले गरेको कपोकल्पीत उजुरीको आधारमा छानबिन गरे र दोषी ठहरीए आफै जेल जान तयार छु ।’–उनले भने ।