परराष्ट्रमन्त्री साउदले मुस्लिम देशको मन्दिर पुगेर के सन्देश दिए

काठमाडौं, १ जेठ । बङ्गलादेश मुस्लिम देश भएपनि हिन्दुहरु पनि छन् । तर, अल्पमतमा रहेका उनीहरु बेला बेलामा असुरक्षित हुने गरेको घटना बाहिर आइरहन्छ ।
बङ्गलादेशको भ्रमणमा पुगेका परराष्ट्रमन्त्री एनपी साउद ढाकास्थित मन्दिरमा पुगे । आज सोमवार पारेर उनी ढाकेश्वरी मन्दिरमा दुर्गा माताको दर्शनमा पुगे ।
साउदसँग उनकी पत्नी ज्योत्साना साउद पनि थिइन् । उनी धार्मिक स्वभावकी छिन् ।
नेपाली काँग्रेसमा साउद हिन्दुराष्ट्र पक्षधर मानिन्छन् । उनले यो मुद्या पार्टीमा समेत उठाए ।