२३ भाद्र २०८१, आइतबार | September 8, 2024

डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार प्रकरणमा दोषी ठहर, ५० लाख डर क्षतिपुर्तिको फैसला


0
Shares

एजेन्सी, २७ वैशाख । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धि मुद्दामा दाषी ठहर भएका छन् । म्यागजिन लेखिका ई जीन क्यारोलले दिएको उजुरीको आधारमा न्यूयोर्कको संघीय अदालतले ट्रम्मलाई दोषी ठहर गर्दै क्षतिपुर्तिको फैसला सुनाएको हो ।
समाचार एजेन्सी एएफपीका अनुसार ट्रम्पलाई दोषी ठहर्याउँदै न्यूयोर्कको संघीय अदालतले क्यारोललाई ४१ करोड रुपैयाँ (५० लाख डलर) क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो ।

९ सदस्यीय निर्णायक मण्डलले ट्रम्पलाई यौन उत्पीडन र क्यारोलको मानहानिमा दोषी ठहर गरेको थियो। तर, निर्णायक मण्डलले ट्रम्पमाथि लागेको बलात्कारको आरोपलाई खारेज गरेको थियो ।

म्यागजिन लेखक जीन क्यारोलले सन् २०१९ मा ट्रम्पले सन् १९९६ मा म्यानहट्टनको डिपार्टमेन्ट स्टोरमा उनलाई बलात्कार गरेको आरोप लगाएका थिए । ट्रम्पले यी आरोपलाई ठाडै अस्वीकार गरेका छन् । उनले भने कि उनी क्यारोललाई चिन्दैनन् र उनलाई पसलमा भेटेका थिएनन्। उनले आफ्नो किताब बेच्नका लागि क्यारोलले झूटो कथा बनाएको बताएका थिए ।

यस मुद्दामा द्दछ अप्रिलमा सुनुवाइ सुरु भएको थियो। सुनुवाइका क्रममा दुई महिलाले ट्रम्पविरुद्ध गवाही दिएका थिए । पिपल म्यागजिनको रिपोर्टर नताशा स्टोइनफले सन् २००५ मा ट्रम्पले जबरजस्ती चुम्बन गरेको बताइन् । अर्की महिला जेसिका लिड्सले सन् १९७९ मा ट्रम्पले उनलाई चुम्बन गरेको र हातपात गरेको बताइन् ।

क्यारोलका दुई साथीहरूले परीक्षणमा गवाही दिए कि क्यारोलले उनीहरूलाई घटनाको बारेमा बताएको थियो। तर, ट्रम्पको डरले उनलाई यो कुरा कसैलाई नभन्न भनिएको थियो । क्यारोललाई डर थियो कि यदि उनी अगाडि आए भने, ट्रम्पले आफ्नो शक्ति र पैसाको आधारमा उनीमाथि बदला लिनेछन्।

प्रतिक्रिया