बिलवाल भुट्टोको भारत यात्राको सन्देश
विपिन देव: सन् २०२३ मई ४ र मई ५ मा संघाई सहयोग संगठनको परराष्ट्रमन्त्रीय स्तरको वैठक भारतको पर्यटकीय सहर गोवामा समापन भएको छ । संघाई सहयोग संगठन एउटा बहुपक्षीय संगठन हो । चीन, रसिया, भारत, काजीगस्तान, र्कीगिस्तान, उजवेगीस्तान, ताजीगस्तान र पाकिस्तान यस संगठनका सदस्यहरू हुन् । यस पटकको सम्मेलमा परिवेक्षकका रूपमा अफगानीस्तान, वेलारुस, इरान र मंगोलइाको सहभागिता रहेको छ । संघाई सहयोग संगठन युरेसीयन क्षेत्रलाई प्रतिनिधित्व गर्दछ । सोभियत विघटन पश्चात सेन्ट्रल एसियाका राष्ट्रहरू काजीगस्तान, र्कीगिस्तान उमवेगीस्तान र ताजीगस्तान जस्ता मुलुकहरू अमेरिका र पश्चिमा प्रभावबाट टाढा रहोस भन्ने ध्येय चीनको थियो ।
अब्वल अर्थतन्त्र हुनुका कारणले गर्दा वृहत आर्थिक योजनाका साथ संघाई सहयोग संगठनको अनुष्ठान चीनले रसियाको सर्मथनमा गरेका थिए । अर्थात् यस संगठनको उद्देश्य आर्थिक सहयोगको आदान प्रदान थियो । संगठनले एउटा सामुहिक वैंकको समेत स्थापना गरेको छ । जनसंख्या, अर्थतन्त्र, भौगोलिक बनौट र सामरिक क्षमतामा यी अब्वल राष्ट्रहरूको सहभागिताले संघाई संगठनको गतिविधिलाई विश्व सञ्चार गृहले यथेष्ट स्थान दिएको छ । सन् २०२३ को अध्यक्षता भारतले गरिरहेको छ । मई ४ र मई ५ मा विदेश मन्त्रीय स्तरको वैठक गोवामा सम्पन्न भएको छ । संसारका चर्चित समाचार गृहको सम्वाद दाताहरूको सहभागितलो कार्यक्रम महिमामण्डित भएको छ ।
संघाई सहयोग संगठनको वैठक द्विपक्षीय मुद्दाहरूले अधिक चर्चा पाएका छन् । अर्थात् भारत९चीन वार्ता, भारत रसिया वार्ता र भारत९पाकिस्तान वार्ता बढि तरङ्गित भएको छ । यस पटक संघाई सहयोग संगठनको वैठकमा पाकिस्तानका परराष्ट्रमन्त्री विलावल भुटो भौतिक रूपमा नै सहभागी भएका थिए । एक साता अघि भएको रक्षा मन्त्रीहरूको वैठकमा पाकिस्तानले विद्युतीय माधयमबाट नै प्रतिनिधित्व गरेका थिए । तर परराष्ट्रमन्त्रीको वैठकमा वेलावल भुटोको भौतिक प्रतिनिधित्व कूटनीतिको हिसावले अर्थपूर्ण रहेको छ । पाकिस्तानमा भुटोको भारत यात्राको व्यापक विरोध हुदॉ हुदै पनि उनको संघार्य सहयोग संगठनमा सहभागी हुनुका धेरै आयामहरू छन् ।
पाकिस्तान आर्थिक दिवालीयापनको संघारमा रहेको छ । अमेरिका लगायत पश्चिमा जगतमा पाकिस्तानको कूटनीतिक ओज स्वखलित भएको छ । मध्य एसियाका साउ‘दी अरेवीया पटक पटक आर्थिक सहयोग गरेता पनि पाकिस्तानबाट उसको तत्कालै सामरिक स्वार्थ पुरा हुने अवस्था छैन । अफगानीस्तानबाट अमेरिकी सैनिक फिर्ता भए पश्चात पाकिस्तान अमेरिकी सम्बन्ध शिथिलिकरणको अवस्थामा छ । यी प्रतिकुल कूटनीतिक वातावरणमा पाकिस्तानले चीनसंगको सोहद्रतालाई बलियो बनाउन कूटनीति परिचालित गरेको देखिन्छ । साथसाथै पाकिस्तानले आफ्नो सम्बन्ध रसियासंग पनि सामिप्य बनाउ‘न कूटनीतिलाई सक्रिय गरेको छ । रसिया युक्रेन युद्धको सुरुवातमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खान रसियाको यात्रा गर्नु यसको उदाहरण हो । तर संघाई सहयोग संगठनमा भारतीय छापाखानाहरूले भुटोको भारत यात्रालाई तरङ्गित गर्नुका धेरै कारणहरू छन् ।
१२ वर्ष पश्चात पाकिस्तानका परराष्ट्रमन्त्रीको यात्रा भारतमा भएको छ । साथ साथै विलावल भूटो भारतको प्रधानमन्त्री प्रति दिएको अभिव्यक्तिले गर्दा भारतीय सञ्चार र राजनीतिक दलका नेताहरू उनको उपहास गरेका थिए । संयुक्त राष्ट्रको वैठक सम्बोधन गर्ने सन्र्दभमा भुटोले मोदीलाई गुजरात दङाको खलनायक भनेका थिए । मोदीलाई ओसामा विन लादेनसंग तुलना गरेका थिए । आक्रोसित अभिब्यक्तिमा उनले मोदी जस्तो पात्रको जिवित रहनु कुनै अर्थ नभएको समेत उल्लेख गरेका थिए । विलावलको यो अभिव्यक्तिलाई भारतका विभिन्न तप्काबाट निन्दा र उपहास भएका थिए । भारतका पूर्व राजदुत र सामरिक जानकार विवेक कटाजुले विलावलको यात्रालाई पूर्ण रूपले वहिष्कार गर्न राजनीतिकर्मी लगायत सञ्चारकर्मीहरूलाई अपिल गरेका थिए । यस्तो प्रतिकुल अवस्थामा भारत पाकिस्तानको द्विपक्षीय वार्ता हुन वातावरण निर्माण हुन सकेन । भारतका परराष्ट्रमन्त्री डा। जयशंकरले विलावललाई आतङ्कवादीको प्रवक्ताको रूपमा नै चित्रित गरे । आरोप र प्रत्यारोपको वातावरणमा भारत पाकिस्तानको सम्बन्धमा सहजता देखिएन । विलावल भुट्टो पाकिस्तानमा अकटुवरमा हुन लागेको चुनावलाई मध्य नजर राख्दै भारत प्रति आक्रमक नै देखिन्थे ।
हुनतः भारत-पाकिस्तानको सम्बन्धमा राजनैतिक र कूटनीतिक स्तर भन्दा पनि अधिकारीस्तरको सम्वन्धले महत्वपूर्ण प्रभाव पार्ने गरेको छ । विगतका दिनमा भारतका सुरक्षा सल्लाहकार अजित डोभाल र पाकिस्तानी सैनिक प्रमुख बाजवाको संयुक्त समझादारीले सीमामा तनाब कम भएको थियो । भारत पाकिस्तान वाहेक भारत चीनको विच भएको वार्ता सकारात्मक दिशामा गएको देखिन्छ । चीनिया परराष्ट्रमन्त्रीले वोर्डरको अवस्था सामान्य रहेको र भारतका परराष्ट्रमन्त्रीसंग साकारात्मक वार्ता भएको संदेश दिएका थिए । भारतको आर्थिक वृद्धिदर, व्यापक बजार, भौगोलिक बनौट र हिन्दमहासागरीय पह‘ुचले गर्दा चीन कुनै पनि हालतमा भारतसंग व्यापारिक सम्वन्धलाई निरन्तरता दिन खोजेको छ । प्रतिउत्तरमा भारतका परराष्ट्रमन्त्री जयशंकरले चीनिया समकक्षीलाई कूटनीतिक दवाव दिदै सीमा सम्वन्धी समस्यालाई छिनोफानो गर्न आग्रह गरेका छन् । रसियाका परराष्ट्रमन्त्री लावरोभले सम्वाद दाता सम्मेलनको माध्यमबाट रसियाको युक्रेन प्रतिको दृष्टिकोण र अमेरिकी नीतिलाई समेत निन्दा गरेका छन् । चीन र भारत उर्जा र हतियारको ठूलो बजार भएकोले गर्दा रसियाले यी दुईटै मुलुकहरूसंग सन्तुलित नीति लिएको देखिन्छ ।
द्विपक्षीय समस्याहरू विच संघाई सहयोग संगठनमा केहि महत्वपूर्ण समझादारीहरू समेत भएका छन् । व्यापार वृद्धि, अफगानीस्तानमा पूर्वाधार विकास र खाद्यायान समस्या, सेन्ट्रल एसियामा शिक्षा र स्वास्थ्य सेवा विस्तार, आतङ्कवादसंग जुध्न साझा संकल्प, पर्यावरणीय समस्या र चूनौती जस्ता विषयहरूमा संघाई सहयोग संगठनका मुलुकहरूले प्रतिवद्धता जाहेर गरेका छन् । सन् २०२३ जुलाईमा संघाई सहयोग संगठनको राष्ट्रिय अध्यक्षस्तरको वार्ता समेत भारतमा हुने भएको छ । जानकारहरू अनुसार पुटिन र राष्ट्रपति सीको भारत यात्रा कूटनीतिक र सामरिक रूपले अर्थपूर्ण हुनेछ ।