३१ भाद्र २०८१, सोमबार | September 17, 2024

संसदमा प्रि–बजेट माथि छलफल सुरु


0
Shares

काठमाडौं, २५ वैशाख । प्रतिनिधि सभाको बैठक जारी छ । संसदमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता प्रि–बजेट माथि छलफल सुरु भएको हो ।

आज बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा प्रि–बजेट माथि छलफल सुरु भएको हो । २७ गतेसम्म प्रि–बजेट छलफल हुने संसद सचिवालयले जनाएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम तय भएको छ ।

प्रतिनिधि सभाको बर्खे अधिवेशन अर्थात् बजेट अधिवेशन सुरु भएको पहिलो दिन आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सुरु भएको हो । संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै प्रि–बजेट छलफल समाप्त गरिसक्नुपर्छ ।

प्रतिक्रिया