४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

यसकारण गगन थापाले काँग्रेस छाड्न सक्ने


0
Shares

काठमाडौं, २५ वैशाख । नेपाली काँग्रेसका महामन्त्री गगन थापाका निकटस्थ मानिन्थे स्वर्णिम वाग्ले । उनी काँग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह लिएर तनहुँबाट सांसद बन्न सक्ने ।

यतिबेला रास्वपामा कुशल संगठक र रणनीतिकारको कमी छ । रवि लामिछाने लोकप्रीय त बन्न सक्छन् तर राजनीतिक दाउपेचमा खप्पिस छैनन् । यसकारण रास्वपामा नयाँ नेतृत्वमा गगन थापालाई ल्याउने भित्री तयारीहरु भइरहेका छन् ।

विश्वस्त स्रोतका अनुसार जुन शक्तिले वाग्लेलाई रास्वपामा लग्यो त्यही शक्ति थापालाई पनि कुनैपनि बेला लाने गरी तयारीमा छ । गगन थापा स्वयं काँग्रेस नेतृत्वप्रति असन्तुष्ट छन् । उनी सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेपनि आउँदो महाधिवेशनमा बाजी मार्ने छाँटकाँट छैन ।

काँग्रेसको संगठनमा शेरबहादुर देउवा नै मजबुत छन् । उनीपछि कोइराला परिवार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्णबहादुर खड्कालगायतलाई उछिन्न कठिन छ थापालाई । यसकारण उनले विकल्प तयार गर्दै लगेको बुझिएको छ ।

थापाले आइतवार मात्र विद्रोहको संकेत गरेका छन् ट्वीट मार्फत् । उनले अति भएको भनेका छन् ।

पार्टीको केन्द्र कमिटी मनोनयन, मन्त्री बनाउने देखि महत्वपूर्ण कदमहरुमा थापालाई वाइपास गरिएको छ । यतिसम्मकी उनी पक्षधर डा. शेखर कोइरालाले समेत बेवास्ता गरेका छन् । यसबाट थापा क्रुद्ध छन् । काँग्रेसको नेतृत्व लिएर देशकै नेतृत्व लिने महत्वाकांक्षामा बढेका गगनका लागि कठिन मोड देखिइसकेको छ ।

काँग्रेसको नेतृत्वमा पुग्न उनलाई अझै दुई दशक लाग्न सक्ने अवस्था बनिसकेको छ । तर, हतारमा छन् थापा । उनी कुनैपनि बेला नयाँ विकल्पका लागि विद्रोहको भित्री तयारीमा सक्रिय भइसकेका छन् ।

प्रतिक्रिया