२३ भाद्र २०८१, आइतबार | September 8, 2024

कतारविरुद्ध अतिमहत्वाकांक्षी बन्दा नेपाल १५७ रनमै समेटियो


0
Shares

काठमाडौं, १४ वैशाख । अति महत्वाकांक्षा र अधैर्य बन्दा नेपाली टोली एसीसी मिन्स प्रिमियर कप क्रिकेटमा कतारविरुद्ध पूरा ओभर समेत टिक्न सकेन । क्रिकेट वरियतामा आफूभन्दा तलै रहेको टोलीसँग नेपालले फितलो प्रदर्शन गरेको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो । नेपालका स्पिनर सन्दीप लामिछानेले सुस्त ब्याटिङ गर्दै पूरा ओभर टिक्न प्रयास गरेपनि सफल भएन । उनले सम्मानजनक ४१ रन बनाए । ललित राजवंशी आउट हुँदा नेपाल १५७ रनमै समेटियो ।

अघिल्ला खेलहरुमा बलियो प्रदर्शन गरेका ब्याट्सम्यानहरु कम रनमै आउट भए । कतारविरुद्ध जित्न अब नेपाली बलरहरु चम्किनुपर्ने वाध्यता छ ।

प्रतिक्रिया