१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सरकार शिक्षा क्षेत्रप्रतिको आफ्नो दायित्वबाट चुक्यो : बलदेव तिमल्सिना


0
Shares

काठमाडौं, १२ वैशाख । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमल्सिनाले राज्य शिक्षा क्षेत्रप्रतिको आफ्नो दायित्व निर्बाह गर्न चुकेको टिप्पणी गरेका छन् । सिन्धुपाल्चोकमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक–शिक्षिकाहरुको निम्ति २ दिने कार्यशालालाई सम्बोधन गर्दै तिमल्सिनाले यस्तो बताएका हुन् ।

‘‘सिकाइको संकट हटाउन र सिकाइ उपलब्धि हासिल गराउँदै समाजको प्रतिबिम्बको रुपमा स्थापित शिक्षकहरुले कक्षाकोठा भित्र पुर्ण रुपमा आफ्नो क्षमता प्रदर्शन गर्नु पर्छ ।’’ उनले भने,‘‘सन्तुष्ट शिक्षकले मात्र गुणस्तर प्रदान गर्न सक्छन्, शिक्षकका विद्यमान समस्या समाधान गर्नुपर्छ ।’’

वडा शिक्षा समितिका अध्यक्ष एवं वडाअध्यक्ष शिवकुमार कार्कीको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोरा थिए । कार्यशालामा वरिष्ठ शिक्षाविद प्रा.डा. विद्यानाथ कोईराला, महेन्द्रोदय मा वि. पुर्व प्रधानध्यापक चक्रबहादुर बस्नेत, ने.बि.संघका नि.महामन्त्री तिमल्सिना लगाएतले बिज्ञका रुपमा शैक्षिक सुधारका विविध बिषयमा प्रशिक्षण तथा सहजीकरण गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बोहराले स्थानीय सरकारले साधन र श्रोतले भ्याएसम्म सामुदायिक विद्यालय र शैक्षिक सुधारमा कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम सहजीकरणको निम्ति शिक्षाका लागि राष्ट्रिय अभियानका महासचिव सुदर्शन सिग्देल, नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री तिमल्सिना, वरिष्ठ समाजसेवी वीरबहादुर भण्डारी लगायत सबैलाई कार्यक्रम व्यवस्थापनका तर्फबाट धन्यवाद व्यक्त गर्दै महेन्द्र प्रताप मा.वि.ब्यबस्थापन समितिका अध्यक्ष माधव भण्डारीले सामुदायिक बिद्यालय सुधार गर्नसके मात्र वास्तविक समाज परिबर्तन संभब हुने भन्दै शिक्षक,अभिभावक,बिद्यालय ब्यबस्थापन ,जनप्रतिनिधि र विद्यार्थीको सामुहिक पहल मार्फत शिक्षामा देखिएको बिकृती,बिसङती र ब्यवधानलाई चिर्न सार्थक पहल थालिएको र प्रारम्भमा नै सबैको साथ प्राप्त हुन सकेकोले अभियान ले सार्थकता प्राप्त गर्न खोजेको महसुस भएको बताए ।

कार्यशालामा प्रा.डा कोइराला द्वारा प्रधानाध्यापक,शिक्षक,ब्यबस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी,जनप्रतिनिधि,अभिभावक, बिद्यार्थी लगाएत सरोकारवाला हरुलाइ शैक्षिक सुधारका गन्तब्य,सुधारका निम्ति गरिनु पर्ने उपाय र प्रयत्न हरु,संबैधानिक तथा ऐन,कानुनका प्राबधानहरु,पाठ्यक्रम,शिक्षकका काम,कर्तब्य, अधिकार र आचारसंहिता,स्थानीय तहको कर्तव्य र अधिकार लगायत समग्र बिषयमा प्रशिक्षित गरे ।

शिक्षाप्रेमी मधाब भण्डारीको अध्यक्षतामा बिद्यालय ब्यबस्थापन समिति गठन भए लगत्तै आयोजना गरिएको उक्त २ दिने कार्यशालामा सहभागीहरुबाट विद्यालय सुधार गर्नको निम्ति प्राप्त बुदांगत सुझावहरुलाई वडा भित्रका सामुदायिक विद्यालय सुधार्न प्रभावकारी ढंगले चरणवद्द रूपमा कार्यान्वयनमा लैजाने सबै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानध्यापकहरुले लिखित रुपमा नै प्रतिबद्धता व्यक्त गरेको वडा अध्यक्ष शिव कुमार कार्कीले बताए ।

सिन्धुपाल्चोकमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक–शिक्षिकाहरुको निम्ति २ दिने कार्यशाला वैशाख ९ र १० गते सम्पन्न भएको हो ।

त्रिपुरासुन्दरी गाउँपालिका–३, धुस्कुन र चोकटीमा रहेका सामुदायिक विद्यालय सुधार गर्ने उद्देश्यले “सामुदायिक विद्यालय सुधार्न के–गर्नुपर्ला ?” बिषयक कार्यशालाको आयोजना श्री महेन्द्रप्रताप मावि र वडा शिक्षा समितिले संयुक्त रुपमा गरेको हो ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया