राष्ट्रपतिको छातीबाट पानी निकालियो

काठमाडौं, ४ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा संक्रमण देखिएको छ । छातिको तल्लो भागमा संक्रमण देखिएपछि पानी निकाली परिक्षण गर्न लागिएको हो ।
पौडेल आज फलोअप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका थिए ।
पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर बसेका थिए ।