२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

नयाँवर्षमा रक्सीसहितको भोजभत्तेरमा विवाद हुँदा वर्षमानकी आमामाथि नातेदार हवल्दारबाट गोली प्रहार


0
Shares

काठमाडौं, २ वैशाख । नयाँ वर्षको जमघटमा अचानक विवाद भयो । बालुवाटारस्थित एक घरमा भएको विवादले उग्र रुप लिंदा गोली समेत चल्यो ।

रातको ९ बजे गोली चल्दा वरपरका छिमेकी समेत आत्तिए । त्यो पनि प्रधानमन्त्रीको सरकारी निवास नजिकैको घरमा । उक्त घर थियो वर्षमान पुनकी आमाबाबु बस्ने गरेको । जहाँ डाकिएका थिए कायममुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्कीको सुरक्षामा खटिएका प्रकाश पुन मगर । उनी वर्षमानका नातेदार पनि थिए ।

जमघटका क्रममा रक्सी पिएर मातिन थालेका थिए प्रकाश । सामान्य विवाद भयो त्यहाँ । उनले पेस्तोल निकालेर प्रहार गर्दा पूर्वमन्त्री वर्षमान पुनकी आमा घाइते भइन् । त्यपछि प्रकाश फरार भए ।

घटना लुकेन । खुट्टामा गोली लागेकी तीर्थमाली पुनलाई ट्रमा सेन्टर लगियो । घटनाको ब्रिफिङ प्रचण्डलाई समेत भयो ।

शनिवार विहानै प्रकाश पुन मगर पक्राउ परे । शुक्रवार राति ९ बजे भएको घटनाबारे उनीमाथि बयान लियो प्रहरीले हेडक्वार्टरमै राखेर ।

घटना हुँदा वर्षमान पुन र ओनसरी घर्ती दुवै थिएनन् । पुन उपचारका लागि चीन छन् ।

प्रतिक्रिया