२३ भाद्र २०८१, आइतबार | September 8, 2024

रोल्पामा गाउँपालिका अध्यक्षमाथि आक्रमण,वडाध्यक्ष पक्राउ


0
Shares

काठमाडौं, १ बैशाख । रोल्पाको गंगादेव गाउँपालिकाको अध्यक्षमाथि आक्रमण गर्ने वडाध्यक्ष पक्राउ परेका छन् । गाउँपालिकाकाका अध्यक्ष हरिबहादुर पुनमाथि आक्रमण गर्ने वडा नं.४ का अध्यक्ष कृष्ण वली विपिन पक्राउ परेका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट विजयी भएका अध्यक्ष पुन र कांग्रेसबाटै स्वतन्त्र उठेर वडाध्यक्ष जितेका वलीबीच बजेटको विषयमा विवाद भएको जनाइएको छ । वडाध्यक्ष वलीले गाउँपालिका अध्यक्ष पुनले पक्षपात गरी एकलौटी बजेट हालेको आरोप लगाएका छन् । वलीले प्रमुख चढ्ने स्कारपियो गाडी पनि तोडफोड गरेका हुन् ।

वलीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया