९ माघ २०८१, बुधबार | January 22, 2025

राजसंस्था सहितको लोकतन्त्र राख्ने सम्झौता र सहमति दलहरुले तोडेको पूर्वराजाको खुलासा


0
Shares

काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलका नेताहरुले राजसंस्थासहितको लोकतन्त्र राख्ने सहमति र सम्झौता तोडेको खुलासा गरेका छन् । उनले दलका नेताहरुले अभद्रतापूर्वक सहमति तोडेको टिप्पणी गरेका हुन् ।

भद्रतापूर्वक सहमति गरेर अभद्रतापूर्वक तोड्नु राजनीति र राज्य प्रणालीमा वाञ्छनीय नहुने चेतावनी समेत दिए ।

नयाँ वर्ष २०८० को पूर्व सन्ध्यामा सन्देश दिदै पूर्वराजा शाहले अहिलेको बेथिती, अविश्वास, द्वन्द्व र जटिलताको जडको कारण नै सम्झौता र सहमति तोड्नुनै भएको उल्लेख गरेका छन् । पूर्वराजाले सन्देशमा भनेका छन्, ‘मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयं अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन ।’

बेला बेलामा पूर्वराजाले २०६३ सालमा भएको सम्झौता बमोजिम राजसंस्था कायमै राख्ने विषय रहेको सन्देश दिन खोजेका छन् । तर, त्यतिबेला सम्झौता गर्ने दलहरुले राजसंस्थाको अन्तमा भूमिका खेलेका थिए । जसका कारण २५० वर्ष लामो शाहवंशीय राजसंस्था अन्त भई गणतन्त्र स्थापना भयो ।

सरकारी ढुकुटी र सञ्चालित वित्तिय संस्थाहरुको आर्थिक कारोबार आम विपन्नवर्गको उत्थानमा परिचालित नभएको सन्देशमा भनेका छन् । सिमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन गएको टिप्पणी गरेका छन् ।

युवापीढीमा विद्रोहभाव देखिन थालेकोमा पूर्वराजाले चिन्ता व्यक्त गरेका छन् । यसले गम्भीर अवस्था ल्याउने उनको तर्क छ ।

 

प्रतिक्रिया