८ आश्विन २०८१, मंगलबार | September 24, 2024

नाबालिगलाई फेसबुकमा साथी बनाएर २ युवकले गरे बलात्कार


0
Shares

काठमाडौं, २१ चैत्र । एक नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा काठमाडौंको धापासीबाट दुई युवक पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई काठमाडौंको टोखा नगरपालिका–६ धापासी बस्दै आएका २१ वर्षका निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ घर भई टोखा–६ धापासी बस्दै आएका २१ बर्षका कुशल श्रेष्ठलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार तामाङले ९८४८७७८०२१ नम्बर प्रयोग गरेर आशिष तामाङ नाम राखी नक्कली फेसबुक आईडी खोलेर पीडितलाई साथी बनाएका थिए । फेसबुकमार्फत भेटघाटको समय मिलाएर गत फागुन ६ गते काठमाडौंको टोखामा भेटी कुशलसहितले ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेका हुन् ।

प्रतिक्रिया