१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु


0
Shares

काठमाडौं १४ चैत्र । सत्तारुढ गठबन्धनका नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले सरकारको न्युनतम साझा कार्यक्रमका विषयमा छलफल गर्नेछ ।

यसअघि १० पुसमा बनेको सत्ता समीकरण राष्ट्रपति निर्वाचनअघि टुटेपछि नयाँ गठबन्धनले आफ्नो न्युनतम साझा कार्यक्रम बनाउन लागेको हो । न्युनतम साझा कार्यक्रममा सहमति जुटेपछि मात्र मन्त्रिपरिषद विस्तार गर्नुपर्ने नेताहरुले अडान लिएका छन् ।

बैठकमा प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका नेताहरु सहभागी छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया