३१ भाद्र २०८१, सोमबार | September 17, 2024

एयर इन्डियाका पाइलटसहित चालकदललाई प्रतिबन्ध


0
Shares

काठमाडौं, १३ चैत्र । नागरिक उड्डयन प्राधिकरणले १० चैत्रको विहान भएको उडानसम्बन्धी एउटा घटनामा नियम विपरित कार्य गरेकोमा छानविनमा परेका एयर इन्डियाका पाइलटसहित चालकदललाई प्रतिबन्ध लगाएको छ ।

प्राधिकरणले चालक दलमा कार्यरत तीनजना एयर टाफिक कन्टोलर (एटिसी)लाई कारवाही गरेको हो । एयर इन्डियाका चालक र त्रिभुवन अन्तर्राष्टिय विमानस्थलस्थित टावरका कर्मचारी तीन जना एटीसी कारबाहीमा परेका हुन् ।

पाइलटलाई तत्काल उडान प्रतिबन्ध लगाएको छ । दिल्लीबाट काठमाडौं आउँदै गरेको एयर इन्डियाका पाइलटले विमानलाई १९ हजार फिटमा उडिरहँदाको अवस्थामा एयर ट्राफिक कन्ट्रोलको अनुमति विना एक्कासी १५ हजार फिटमा झार्दा नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किएको विषयमा प्रतिबन्ध लगाएको हो ।

कुनैपनि जहाजको भर्टिकल दूरी एक हजार फिट हुनुपर्ने नियम भएपनि २४ मार्चको दिन एयर इन्डिया र नेपाल एयरलाइन्सको विमान त्यो भन्दा कम दूरीमा पुगेर दुर्घटनाको खतरा बनेको थियो ।

प्राधिकरणका सूचना अधिकारी भुलले नेपाल एयरलाइन्सको विमानले ट्राफिक कन्ट्रोलसँग अनुमती मागेर १५ हजार फिटमा झरेको र एयर इन्डियाको विमानले अनुमती नलिई १५ हजार फिटमै झरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

घटनाका बेलामा एयर इन्डिया र नेपाल एयरलाइन्सको दुवै विमान होल्डिङमा थिए । नेपाल एयरलाइन्सको विमान १५ हजार फिटमाथि फन्को लगाइरहेको बेला १९ हजार फिटमा फन्को लगाइरहेको एयर इन्डियाको विमान एक्कासी १५ हजार ३ सय फिटमा झरेको थियो । त्यसपछि ठोक्किने खतरा भन्दै ट्राफिक अलर्ट ले सावधानी गराएको थियो ।

 

प्रतिक्रिया