२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

अल्पमतमा परेको एमालेले राजीनामा दिँदा प्रदेशको हित हुन्छ : नेता पाण्डे


0
Shares

काठमाडौं,१२ चैत्र । नेपाली कांग्रेसले अल्पमतमा परेको नेकपा (एमाले)ले गण्डकी सरकारबाट राजीनामा दिँदा प्रदेशको हित हुने दाबी गरेको छ । शनिबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले एमालेको नेतृत्वमा रहेको गण्डकी सरकार अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको भन्दै राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको हो ।

नेकपा माओवादीले सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको थियो । सत्ता साझेदार कुनै पनि दल सरकारबाट बाहिर निस्केपछि दोस्रोपटक विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको यो अवस्थामा सरकारबाट राजिनामा दिई जतिसक्दो छिटो मार्गप्रशस्त गर्दा प्रदेशको हित हुने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले कामचलाउ सरकारले दूरगामी असर पर्ने निर्णय नगर्न पनि आग्रह गरे । एमाले सरकारले अनावश्यक दायित्व सिर्जना गरे उक्त दायित्व नयाँ सरकारले नलिने पनि चेतावनी दिए । काम चलाउ सरकारले कर्मचारी सरुवा–बढुवा, नियुक्तिलगायतको काम गर्नु न्याय संगत नहुने उनको भनाइ थियो ।

 

प्रतिक्रिया