१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे माधव नेपाल


0
Shares

काठमाडौं, १० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बालुवाटार पुगेका छन् । प्रधानमन्त्री दाहाललाई भेट्न नेपाल आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

अहिले दुई शीर्ष नेताबीच भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ । सत्ताघटक दलहरु मन्त्रिमण्डल विस्तारको गृहकार्यमा जुटेका छन् ।

दाहालले बुधबार यता नेताहरुसँग भेटवार्ता गरिरहेका छन् । बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दाहालबीच छलफल गरेका थिए भने आज नेपालसँग छलफल गर्न लागेका हुन् ।

दाहाल नयाँ मन्त्रिमण्डल विस्तार गरी चाँडै पुर्णता दिने तयारीमा छन् । सबैलाई भागवण्डा मिलाउन २२ बाट २५ मन्त्रालय पुराउने सरकारको तयारी छ ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया