६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आज सार्वजनिक हुँदै


0
Shares

काठमाडौं, १० चैत्र । नेपाल सरकारले आज राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा सार्वजनिक गर्ने भएको छ । तथ्यांक विभागको आयोजनामा सोल्टी होटेलमा बिहान ८ बजे एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक गर्दैछन् ।

राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्याको आधिकारिक घोषणा गरिनेछ । जनगणना प्रक्रियाअन्तर्गत देशभर खटिएका गणक र सुपरभाइजरबाट संकलित तथ्यांक प्रशोधन गरिएपश्चात विभागले विवरण तयार पारेको जनाएको छ ।

हरेक १० वर्षमा एकपटक हुने जनगणनाको श्रृंखलामा राष्ट्रिय जनगणना, २०७८ नेपालको १२औँ र २०७२ को संविधान जारी भएपछि संघीय गणतान्त्रिक प्रणालीको पहिलो गणना हो ।

 

प्रतिक्रिया