३१ भाद्र २०८१, सोमबार | September 17, 2024

चार दलको बैठकमा मन्त्रिमण्डल भागवण्डामा कुरा मिलेन


0
Shares

काठमाडौं, ८ चैत्र । सत्तारुढ ४ दलका शिर्ष नेताहरुले मन्त्रिपरिषद विस्तारबारे छलफल गरेका छन् । आज बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुले मन्त्रिपरिषद् विस्तारमा कस्ले कति संख्यामा कुन कुन मन्त्रालय लिनेबारे छलफल गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनता पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

बैठकबारे जानकारी दिदै काँग्रेस नेता रमेश लेखकले मन्त्रिमण्डल विस्तारबारे प्रारम्भिक छलफल भएको बताए । तर, नेताहरु कुनै निर्णयमा नपुगिसकेको उनको भनाई छ ।

सत्ता समिकरण बदलिएपछि प्रधानमन्त्री प्रचण्डले आफैले १६ मन्त्रालय सम्हाल्दै आएका छन् । ती मन्त्रालयमा काँग्रेस, नेकपा एस, जसपा, लोसपालगायत दलहरुको दाबी छ ।

प्रधानमन्त्री प्रचण्ड यसै हप्ता मन्त्रिमण्डल विस्तारको तयारीमा छन् । यसपछि उनले भारत भ्रमण गर्ने गरी तयारीहरु भइरहेका छन् । दीपेश

प्रतिक्रिया