३ आश्विन २०८१, बिहिबार | September 19, 2024

वैदेशिक रोजगार विभागका नासु पाण्डेविरुद्ध अख्तियारको मुद्दा


0
Shares

काठमाडौं, ८ चैत्र । अख्तियारले वैदेशिक रोजगार विभागका नायब सुब्बाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

काठमाडौंको बुद्धनगर स्थित विभागमा कार्यरत प्रमोद पाण्डेले ३० हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले रगेंहात पक्राउ परेको थियो ।

पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग सो रकम मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेले भ्रष्टाचारजन्य कुसर गरेका कारण भ्रष्टाचार निवारण ऐनले तोके बमोजिमको कैद र विगो बमोजिमको जरिवाना मागदावी गर्दै बुधबार विशेष अदालत काडमाडौमा आरोपपत्र दायर गरेको हो ।

प्रतिक्रिया