३१ भाद्र २०८१, सोमबार | September 17, 2024

पूर्वप्रधानमन्त्री भट्टराईले पुर्खौली घरमा रात बिताए


0
Shares

काठमाडौं, ७ चैत्र । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुर्खौली घर गोरखामा रात बिताएका छन् । पुुर्खौली घरमा सोमबार पुुगेका भट्टराई सोही घरमै सुतेका थिए । सामाजिक सञ्जालमार्फत भट्टराई उजाड बन्दै गएको गाउँघर घुमघाम गरेको दृश्य पनि सार्वजनिक गरेका छन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि गोरखा जाने कार्यक्रम रहेको छ । प्रचण्ड पालुङटार नगरपालिकाको बिमिरेमा ८० करोड रुपैयाँ लागतमा निर्माण हुने पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न गोरखा जाने भएका हुन् ।

शिलान्यास कार्यक्रममा डा भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ पनि प्रधानमन्त्री प्रचण्डसँगै कार्यक्रममा उपस्थित हुने योजना रहेको स्रोतले जनाएको छ । Photo : Baburam Bhattarai

प्रतिक्रिया