छुवाछूत र जातीय हिंसाविरूद्ध उभिन प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुवाछूत र जातीय हिंसाविरूद्ध उभिन अपिल गरेका छन् । नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपील गरेका हुन् ।
सुसंस्कृत समाज निर्माणको जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त उभिनुुपर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुुभकामना दिँदै लेखेका छन,‘जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपील गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।’