३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रधानमन्त्रीजी जंगबहादुर शैलीमा हुनुहुन्छ–अध्यक्ष ओली


0
Shares

काठमाडौं, ६ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय हीतलाई कमजोर बनाएको टिप्पणी गरेका छन् । नेकपा (माओवादी केन्द्र) समेत रहेका अध्यक्ष दाहाल प्रधानमन्त्री बनेको भोलिपल्टबाटै देश इमान बिर्सिएर अस्थिरतातर्फ गएको उनको जिकिर थियो ।

सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै ओलीले पार्टीमा दाहाल जंगबहादुर झैँ रहेको आरोप लगाए ।

अध्यक्ष ओलीले माओवादी भित्र प्रधानमन्त्री दाहाल मात्रै दोषी हुन भन्दै उनीबाहेक पार्टीका अरुको केही दोष नभएको पनि प्रतिक्रिया दिए ।

प्रचण्ड जंगबहादुर शैलीमा रहेको आरोप लगाउँदै विपक्षीमा बोल्नेको पत्तासाफ हुने उनले बताए । उनले भने,‘प्रधानमन्त्रीजी जंगबहादुर शैलीमा हुनुहुन्छ ।’

प्रतिक्रिया