त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका ओझा स्ववियु सभापति निर्वाचित

काठमाडौं, ५ चैत्र । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् । उनले ९६२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत पाएका छन् ।
त्रिविमा नेपाली कांग्रेस निकट नेविसंघले जितेसँगै उपत्यकामा खाता खोलेको छ ।
त्रिवि अन्तर्गतका १३ क्याम्पस बाहेक देशभर आइतबार स्ववियुको नयाँ नेतृत्वको लागि मतदान भएको हो । मतदान सकिएपनि मत परिणाम आउने क्रम जारी छ ।