मानवअधिकार उल्लंघनका घटनालाई अल्झाइराख्न मिल्दैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, २२ फागुन । युद्धकालीन मुद्दा ब्युँताएर माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास भइरहेको भन्दै त्यसका विरुद्ध द्वन्द्वकालीन सहकर्मीहरू एक ठाउँ हुने सन्देश दिएका छन् । माओवादी आन्दोलनका शीर्ष नेताहरू पुष्पकमल दाहाल (प्रचण्ड), डा.बाबुराम भट्टराई, नेत्रविक्रम चन्द (विप्लव), धर्मेन्द्र बाँस्तोला, कर्णजित बुढाथोकीलगायत नेताहरूले आइतबार एउटै मञ्चबाट द्वन्द्वकालीन मुद्दामा पूर्व सहकर्मीहरू एक हुने सन्देश दिएका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउने रिट दर्ता गर्ने आदेशका विरुद्धमा प्रचण्डसहित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक ठाउँमा उभिएर प्रतिकार गर्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउने आदेश माग गर्दै पेस गरिएका दुईवटा रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै नेताहरूमा तरंग उत्पन्न भएको छ । प्रचण्डले तीन वर्षअघि काठमाडांैको खुल्ला मञ्चबाटै युद्धका बेला मारिएका पाँच हजार व्यक्ति हत्या�
