१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आज मन्त्रिमण्डलले पुर्णता पाउने, जनमतबाहेक ९ दल सहभागी हुँदै


0
Shares

काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बुधबार १० दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालयको संख्यामा सहमति जुटेसँगै दाहालले मन्त्रिपरिषद गर्न लागेका हुन् ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भएको छलफल कुनै निष्कर्षमा पुग्न सकेको थिएन । तर छलफलका लागि नेताहरुले फेरि अपराह्नसम्मको भाखा राखेका थिए । सोहीअनुसार भएको छलफलले मन्त्रालयको सैद्धान्तिक सहमति जुटाएको हो । ९ दलबीच सरकारमा जाने सैद्धान्तिक रुपमा मन्त्रालयको संख्या टुंगो लगाएको हो ।

सत्तागठबन्धन दहरुबीच नेपाली कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले २–२, लोसपा, नागरिक उन्मुक्ति र जनमतले एक–एक मन्त्रालय पाउने सहमति भएको छ ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया