३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बन्न सक्लान्


December 18, 2022
0
Shares

काठमाडौं, ३ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रणनीतिक चार्तुयता भएका नेता हुन् । उनी राजनीतिको केन्द्रबिन्दुमा छन् । प्रधानमन्त्री हुँदा होस् या नहुँदा उनकै प्रभाव राजनीतिमा देखिन्छ । यसपटक भने उनी प्रधानमन्त्री बन्ने हुटहुटीका साथ सक्रिय छन् ।

प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रको ३२ सिट छ । कुल २७५ सिटमा यो सिट बहुमतभन्दा १०६ सिटले कम हो । तर, माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको बलियो दाबी गर्दै बढेका छन् ।

प्रचण्डले गत हप्ता आफूले चाँडै सरकारको नेतृत्व गर्ने दाबी गरेका थिए । उनले शनिबार देउवालाई भेटी औपचारिक रुपमा प्रधानमन्त्रीको दाबी गरे । गठबन्धनबाट प्रचण्डले गरेको यो दाबीसँगै नयाँ घटनाक्रम विकास भएको छ ।

गठबन्धनसँग बहुमतभन्दा केही कम सिट रहेको छ । त्यसमा थप्ने क्षमता आफूसँग रहेको प्रचण्डको दाबी देखिन्छ । उनले जसपा, जनमत, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदहरुलाई साथमा लिनसक्ने विषय पनि राखिसकेको बुझिएको छ ।

प्रधानमन्त्रीका लागि प्रचण्डले गठबन्धनबाहेकको विकल्पमा पनि जाने गरी रणनीति बनाएको देखिन्छ । उनका दूतहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पुगिसकेका छन् । यसले देउवामाथि दबाब बढाएको छ ।

सरकार निर्माणका क्रममा महत्वपूर्ण पदहरु बाँटफाँटको विषय पनि रहने गर्छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको बाँटफाँट पर्दछन् । यसका लागि पनि निर्णायक शक्ति माओवादीलाई बिच्काउन नहुने अवस्था काँग्रेस र एमाले दुवैलाई छ । काँग्रेस र एमाले मिलेमा भारी बहुमत हुन्छ । तर, त्यो मिलनको सम्भावना कमजोर छ । यसकारण माओवादी निर्णायक शक्ति भएकाले प्रचण्ड तानातानमा छन् । यसकारण उनको प्रधानमन्त्री बन्ने सम्भावना बलियो छ ।

प्रतिक्रिया