१० जेष्ठ २०८१, बिहिबार | May 23, 2024

जी ट्वेन्टीमा भारतको चुनौती र सम्भावना


December 7, 2022
0
Shares

विपिन देवः भारतले विधिवत् रुपमा जि ट्वेन्टीको अध्यक्षता डिसेम्बर एकदेखि ग्रहण गरेको छ । जी ट्वेन्टी सँसारको सबैभन्दा ठूलो बहुपक्षीय संगठन हो । संसारका ८५ प्रतिशत जि.डि.पि बोकेका मुलुकहरू, ७५ प्रतिशत व्यापारिक सहभागिता रहेका मुलुकहरू र झण्डै दुई तिहाइ जनसंख्या भएका मुलुकहरू जी ट्वेन्टीका छाता मुनि रहेका छन् । २०२२ नोबेम्बर १५ र १६ मा बाली (इण्डोनेसिया) सम्मेलनबाट जी ट्वेन्टीको अध्यक्षता भारतलाई सुम्पिएको छ । वास्तवमा जि ट्वेन्टीको उद्देश्य विश्व व्यापारलाई सहजीकरण गर्न प्रायोजित भएको थियो । सन् २००८ को विश्व आर्थिक मन्दीको गर्भबाट जन्मिएको उक्त संगठनको दायित्व र भूमिका कालान्तरमा अनवरत ढङ्गले बढेको देखिन्छ । कोरोनाको कहर पश्चात् इण्डोनेशियाको बाली सम्मेलनमा अमेरिकी राष्ट्रपति जोन बाइडेनदेखि चिनियाँ राष्ट्रपति सीसम्म, भारतीय प्रधानमन्त्री मोदीदेखि विश्वका शक्ति सम्पन्न राष्ट्र प्रमुखको सद्भागिताले जी ट्वेन्टीको गरिमालाई महिमा थियो तर रसियाका राष्ट्रपति पुटिनको अनुपस्थितिले केही प्रश्नहरूलाई उजागर समेत गरेको थियो ।

िजी ट्वेन्टीमा शक्ति केन्द्रहरूको सहभागिताका साथ साथै विश्व व्यापार संघ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व स्वास्थ्य संगठन लगायत संसारमा कहलिएमा अन्तर्राष्ट्रिय संघ र संगठनहरूको समेत सहभागिता थियो । भारतमा प्रधानमन्त्री मोदीले आगामी दिनहरू जि ट्वेन्टीको भूमिका र गरिमालाई चहकिलो र गहकिलो रूपमा प्रस्तुत गर्ने समेत जानकारहरूको बुझाई थियो । एक व्याख्यानमा भारतका परराष्ट्रमन्त्री डा. जयशंकरले भारतको जि ट्वेन्टीको भूमिकालाई आलोकित गरेका छन् । डा. जयशंकरले आउने दिनमा भारतले विश्वमा प्रताडित र पिछडिएका मुलुकहरूको ध्वनि र स्वरलाई जी ट्वेन्टीको मञ्चबाट मुखरित गर्ने समेत घोषणा गरेको छ । जि ट्वेन्टीको शिखर सम्मेलनमा मोदीले भारतको दायित्व र अभिभारालाई गम्भीरतापूर्वक व्याख्या गरेको देखिन्छ । कोरनाको कहरबाट संसारको वितरण प्रणाली प्रभावित भएको अवस्था छ । रसिया र युक्रेनको द्वन्द्वबाट संसार उर्जा संकट र खाद्य संकटबाट आक्रान्त छ । साथ साथै अफ्रिकी र एसियाका अधिकांश राष्ट्रहरू आर्थिक मन्दीको संघारमा पुगेको अवस्था छ । यस प्रतिकूल भू(राजनीतिक अवस्थामा संयुक्त राष्ट्र संघको भूमिकासमेत प्रश्नको घेरामा देखिएको छ ।

भारतमा सामरिक जानकार डा. हर्ष पन्तले जि ट्वेउन्टीको भूमिकामाथि आफ्नो भनाई बडो सान्र्दभिक रूपमा प्रस्तुत गरेका छन् । डा. पन्तका अनुसार संयुक्त राष्ट्र संघ ७५ प्रतिशतको आरोह र अवरोहमा समावेशी नहुनुका कारणले संसारका जल्दोबाल्दा समस्याहरूलाई चिरफार गर्न असमर्थ रहेको देखिन्छ । तर जि ट्वेन्टीलाई संयुक्त राष्ट्र संघको विकल्पमा लिन सकिन्न । अर्थात् जि ट्वेउन्टीलाई संयुक्त राष्ट्र संघको जिम्मेवारी दिएको खण्डमा जि ट्वेन्टी पनि प्रश्नको घेरामा आउ‘न सक्छ । यही अभिप्रायका साथ जि ट्वेन्टीको अभिभारा र दायित्वलाई रेखाङ्कित गर्न अति आवश्यक देखिन्छ । भारतका प्रधानमन्त्री मोदीले आफ्नो कार्यकालमा जि ट्वेन्टीको प्रारुपलाई सुत्रात्मक ढङ्गले प्रस्तुत गरेका छन् । पहिलो सूत्रअनुसार भारतले आफ्नो अनुभव र सफलतालाई विश्व मारुमा प्रस्तुत गर्नु हो । अर्थात् भारतले प्रजातान्त्रिक अभ्यासको माध्यमबाट सहभागिता मुलक राजनीतिलाई यथेष्ट प्रयोग गरेका छन् । खास गरेर महिला सहभागितालाई उच्च महत्व दिएको छ । भारतका सरपञ्च (ग्रामिण एकाइ) मा ५० प्रतिशत महिला सहभागिता रहेको देखिन्छ ।
सन् १९२५ मा नै गान्धीजीले काङ्ग्रेसको अध्यक्षता सरोजीनी नायडलाई दिएको थियो । यूरोप र अमेरिका त्यतिखेर नारीहरूलाई मतदानको समेत अधिकार थिएन । अर्को शब्दमा भन्ने हो भने जि ट्वेउन्टीको माध्यमबाट नारी सहभागितालाई अगाडि बढाउ‘न भारत संकल्पित रहेको देखिन्छ । कोरनाको कहरमा भारतले स्वास्थ्य क्षेत्रमा फड्को मारेको देखिन्छ । विश्वको ठूलो औषद्यालयको रूपमा आफुलाई प्रस्तुत गरेर कोरनाको खोप संसार सबैभन्दा बढी उत्पादन गरेर भारतले आप्mनो प्रविधिलाई विश्व सामु राखेका छन् । साथ साथै एक विलियन भन्दा बढी खोप समेत विश्व समुदायलाई उपलब्ध गराएको देखिन्छ । मोदीले आउने दिनमा स्वास्थ्य क्षेत्रमा विश्वमा पिछडिएका मुलुकहरूको सहयोगमा निरन्तरता दिने समेत घोषणा गरेका छन् । जि ट्वेन्टीको माध्यमबाट विद्युतीयकरणलाई व्यापक बनाउ‘दै प्रविधिको प्रयोगलाई सदजीकरण र सुगम बनाउ‘दै गरीव र दलित समुदायलाई विकास र समृद्धिको स्वादलाई रसास्वादन गराउ‘ने समेत भारतको प्रतिवद्धता देखिन्छ । यही अभिप्रायका साथै आउ‘ने दिनहरू २०० भन्दा बढी उच्च स्तरीय सम्मेलन भारतले आयोजित गर्ने समेत घोषणा गरेको देखिन्छ । पहिलो सम्मेलन राजस्थानमा सम्पन्न पनि भइसकेको छ । उक्त सम्मेलनहरूबाट प्रविधि साझेदारीका साथ साथै सहयोगको आदान प्रदानलाई समते बढाउने लक्ष्य रहेको देखिन्छ । जि ट्वेन्टीको प्रमुख चुनौती वातावरणलाई सन्तुलन गर्नु हो । वातावरणीय समस्याले गर्दा विशव आक्रान्त रहेको देखिन्छ । जि ट्वेन्टीको माध्यमबाट वातावरणीय समस्यालाई सम्वोधन गर्न अध्यक्षको हैसियतले भारतले सूत्रात्मक रूपमा आप्mनो अवधारणा अघि सारेको देखिन्छ । तदनुरूप एक पृथ्वी, एक परिवार र एक भविष्यको सिद्धान्त अनुसार हरेक जन जनको मन मन पर्यावरणप्रतिको दायित्वलाई जागृत गर्न एउटा विश्व व्यापी अभियानको रूपमा अगाडि बढाउन भारत सचेत रहेको देखिन्छ । विज्ञान र प्रविधिको विकासका साथै वातावरणलाई दोहन गर्ने काम युरोप र अमेरिकाबाट भएको हो । साम्यवाद र पू‘जीवादको टकराहटबाट तानाशाहरूको महत्वांकाक्षा बढेकोले आणविक कसरत संसारमा बढिरहेको अवस्था छ । चीनको दक्षिण सागरको नीतिले गर्दा जापान र अष्ट्रेलियाले सैनिक खर्चमा वृद्धि गरेको छ । विभिन्न किसिममा गठबन्धनहरू विश्वमा बढिरहेको अवस्था छ । अक्सको छातामूनि अष्ट्रेलिया अमेरिका र बेलायतले सैनिक गठबन्धन गरिरहेको छ । हरेक प्रयोगमा प्रकृतिलाई दोहन भइरहेको छ । यही पृष्टभूमिमा जि ट्वेन्टीले सौर्य उर्जा, र हरित क्रान्ति जस्ता नाराका साथ चेतनामुलुक कार्यक्रम बढाउ‘ने संकल्प अगाडि बढाएको छ ।
पर्यावरण सम्वन्धी नीतिमा संसारमा सबभन्दा बढी प्रष्ट गान्धी नै थिए । गान्धी यस सन्र्दभमा आप्mना भनाइलाई सहज रूपमा राखेका थिए । अर्थात विश्वको सानो मुलुक बेलायतले औद्योगीकरण गर्दा सारा संसारमा हतित्यारको होडवाजी र सम्राज्यवाद बढेको थियो भने भारत र चीन जस्ता ठूला जनसंख्या र भूगोल भएका मुलुकहरूले औद्योगकीकरण गर्दा संसार कस्तो कुरूप होला भने गान्धीको प्रश्न आज सभ्य समाजलाई तेर्सिएको छ । अर्को शब्द भन्ने हो भने जि ट्वेन्टीको प्रखुख उद्देश्य वातावरणीय नीतिमा विकाशिल र विकसित राष्ट्रहरूको विच समझादारी बढाउनु हो । जि ट्वेन्टीको नेतृत्वमा विश्वको भविष्यको प्रारूप देखिएको छ । यसको अभिभारा र दायित्वमा भारतको नेतृत्वको क्षमता र दूरदर्शिता समेत परीक्षण हुनेछ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया