३ आश्विन २०८१, बिहिबार | September 19, 2024

हिन्दूमाथि आक्रमण बढ्न थालेसँगै मधेशमा धार्मिक द्वन्द्वको खतरा


February 19, 2024
2.2k
Shares

काठमाडौं, ७ फागुन । रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन हिन्दूहरुलाई मुश्किल पर्यो । मुस्लिम अतिवादीले हिन्दूको मूर्ति नै अगाडि बढ्न नदिने गरी ढुंगा हाने । यसले खतरनाक अवस्था आएपछि स्थानीय प्रशासनले कफ्यु नै लगायो ।

रौतहटमा सर्वदलीय बैठक बसी तत्काललाई समस्या समाधान भएको छ । हिन्दूहरुले कफ्युका बीच सरस्वतीको मूर्ति विसर्जन भएको छ ।

पछिल्लो समय तराईका जिल्लाहरुमा हिन्दूको धार्मिक गतिविधिमा अवरोध पुर्याउन केही समूह सक्रिय भएका छन् । विशेषगरी मुसलमान समुदायलाई हिन्दूविरुद्ध भड्काउनेहरु देखिएका छन् ।

रौतहटको असर वीरगञ्जमा परेको छ । वीरगंजमा बन्द, जुलुस तथा प्रदर्शन भएको छ सोमबार । त्यस क्रममा झडप नै भएको छ । कफ्यु तोडेर स्थानीय निस्किएपछि झडप भएको हो ।

देशमा हिन्दूहरुमाथि आक्रमण र उनीहरुका गतिविधिमाथि अवरोध पुर्याउने समूह सक्रिय भएको छ । यसले कुनैपनि बेला हिंसा भड्किने खतरा बढेको छ । हिंसा भड्काउन हिन्दू समुदायलाई तारो बनाउने गतिविधि भइरहेको छ । यसले कुनैपनि बेला धार्मिक द्वन्द्वको खतरा बढेको छ ।

प्रतिक्रिया