४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

अयोध्यादेखि आवुधावीसम्म


February 15, 2024
2.8k
Shares

विपिन देव: सन् २०२४ फेब्रुअरी १४ का दिन यू.ए.ई.को शहर आवुधावीमा विशाल हिन्दु मन्दिरको प्राणप्रतिष्ठामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साक्षी बने । उनी यसै वर्ष अयोध्यामा श्रीराम मन्दिरको प्राण प्रतिष्ठामा सहभागी भइसकेका छन् ।

सन् २०२४ भारतको लागि चुनावी बर्ष रहेको छ । चुनावी वर्षको सुरुवात जनवरीमा अयोध्याको भव्य राममन्दिरको प्राणप्रतिष्ठा र फेब्रुवरीमा आबुधावीमा स्वामी नारायण मन्दिरको पणप्रतिष्ठा हुनु जस्ता परिघटनालाई जानकारहरूको राजनीतिक र कूटनीतिक आयामबाट पनि विष्लेशण गरिरहेका छन् । राजनीतिक र कूटनीतिक आयाम भन्दा सांस्कृतीक र आर्थिक आयामबाट आवुधावी मन्दिरको प्राणप्रतिष्ठालाई व्याख्या गर्दा सत्य तथ्य आलोकित हुन सक्दछ ।

वास्तवमा समृद्धिले संस्कृतीलाई सभवल्लता प्रदान गर्दछ । भारत समृद्धिको शिखरमा हुदा संसारका कुना-कुनामा मठमन्दिर निर्माण भएका थिए । सातौ र आठौ सताब्दीमा लाओस, कम्वोडिया, थायल्याण्डमा मन्दिरहरू स्थापना भएको थियो । कम्वोडियाको विशाल अंकुरभाट मन्दिर अहिले पनि हिन्दु सभ्यता र संस्कृतीको धरोहरको रूपमा इतिहासको साझी बनेका छन् । इतिहासको चक्र दोहरीने गर्दछ । भारत पुनः सार्मथ्य प्राप्त गर्दैछ । सार्मथ्यले संस्कृतीलाई अब्वल बनाउने गर्दछ । तदनुरुप वावरले ध्वस्त गरेको राममन्दिरको निर्माण भएको छ । यही सेरोफेरोमा आबुधावीको स्वामी नारायण मन्दिर निर्माण हुनु इतिहासको यो कालखण्ड हरेक हिन्दुको लागि गौरव गाथा बनेको छ । हिन्दुत्व भन्नाले भागृत्व हो । “वासुधेवम कुटुम्व”को आधारस्तम्भमा हिन्दुत्वको प्रस्तावना आफैमा चहकिलो र गहकिलो छ ।

स्वामी नारायणको मन्दिरको प्राण प्रतिष्ठा अभूतपूर्व घटना हो । यो मन्दिरको प्राणप्रतिगठाको आधार भारत यू.ए.ई.को सौहाद्र सम्बन्ध हो । यो सौहद्रता र प्रगाढता मोदी र प्रिन्स विन जायदको व्यक्तिगत रसायनले गर्दा समेत सम्भव भएको छ । सबभन्दा अधिक यू.ए.ई. यात्रा गर्ने प्रधानमन्त्रीको रूपमा मोदीलाई नै लिइन्छ । ३ दशक पछि इन्दिरा गान्धीको यात्रा पश्चात मोदीले सन् २०१५ मा यू..ए.ई यात्रा गरेका थिए । स्वागत सत्कार यू.ए.ई.को राजकुमार आप्mना पॉच भाई सहित हवाई अड्डामा पुगेका थिए । सम्बन्धमा न्यानोपन र आफ्नोपन थियो । कूटनीतिमा भावुकता थियो । सन् २०१४ देखि हालसम्म मोदीले ७ पटक यू.ए.ई. यात्रा गरेका छन् भने शेख विन जायद पनि चौथो पटक भारत यात्रा गरेको छ । सन् २०१७ को गणतन्त्र दिवसको शुभअवसरमा विन जायदले कार्यक्रमको प्रमुख आथित्य नै गरेका थिए । वर्तमान परिवेशमा भारत यू.ए.ई.को सम्बन्धका विभिन्न आयामहरू छन् ।

यू.ए.ई भारतको तेस्रो प्रमुख व्यापारिक साझेदारी हो । यू.ए.ई.लाई भारतको सातौ महत्वपूर्ण निवेशकर्ताको रूपमा लिन सकिन्छ । वर्तमान परिवेशमा भारत यू.ए.ई. विचको आर्थिक कारोवार ८५ विलियन अमेरिकी डलर रहेको छ ।

भारतमा यू.ए.ई.ले ११ विलियन अमेरिकी डलरको निवेष गरेको देखिन्छ । यू.ए.ई. र भारत विच वृहत सामरिक साझोदारी समेत भएको देखिन्छ । दुई मुलुकहरूले हरित क्रान्ती, जैविक उर्जामा समेत संयुक्त साझेदारीका साथ अगाडि बढ्ने सम्झौता गरिसकेका छन् । यू.ए.ई.मा प्रवासी भारतीयहरूको भुमिका महत्वपूर्ण रहेको देखिन्छ । यु.ए.ई भारतीय प्रवासीको संख्या ८ मिलियन रहेको छ । वर्तमान परिवेशमा भारत र यू.ए.ई.ले इण्डिया, मिडिल वेष्ट र युरोपेली कोरिडोरमा साझा संकल्पका साथ अगाडि बढिरहेको छ । मोदी सरकारले राममन्दिरको प्राण प्रतिष्ठा भन्दा पहिले यू.ए.ई.का राष्ट्रपतिलाई आथित्य गरेका थिए । एक किसिमले संसारका मुश्लिम संघ र संस्थाको विरोधलाई मत्थर गर्न यो एउटा कूटनीतिक कदम थियो । इश्लामीक सहयोग संगठनमा ५० वटा भन्दा अधिक मुस्लिम राष्ट्रहरूको सहभागिता भए तापनि आर्थिक सार्मथ्यले गर्दा यू.ए.ई.को दवदवा र वर्जस्व यस संस्थामा अधिक रहन्छ ।

यू.ए.ई.ले भारतसंगको सम्बन्धलाई उच्च महत्व दिनुका धेरै कारणहरू छन् । यु.ए.ई.को लागि निवेषको खोजी एक महत्वपूर्ण नीति हो । वर्तमान परिवेशमा भारतीय अर्थ व्यवस्था तीव्र गतिले अगाडि बढिरहेको छ । सन् २०४७ सम्म विश्वको तेस्रो अर्थतन्त्र हुने सार्मथ्य बोकेको भारत संसारको सबभन्दा अधिक स्र्माट फोन डाटा उपयोग गर्ने मुलुक भएको छ । संसारको सबभन्दा अधिक फिनटेक्स प्रयोग गर्ने मुलुक समेत भारत नै रहेको छ । संसारको सबभन्दा अधिक दुध उत्पादक कर्ता, दोस्रो नम्बरको इन्टरनेट प्रयोग कर्ता, दोस्रो नम्बरको मोवाइल फोन निर्माता, तेस्रो नम्बर स्ट्राटप्प प्रयोग कर्ता मुलुक भएकोले गर्दा यू.ए.ई.को लागि भारतमा निवेश मुख्य गनतव्य भएको छ । जानकारहरूका अनुसार आउने दिनमा जैविक उर्जा, हरित उर्जा, विजुली र सौर्य उर्जाले कच्चा तेललाई विस्थापित गर्ने सम्भावना देखिन्छ । वर्तमान परिवेशमा जैविक उर्जा र सौर्य उर्जामा भारतले नयॉ प्रविधिको माध्यमबाट अग्र स्थान हासिल गरिरहेको छ ।

यू.ए.ई.ले लामो रणनीतिका साथ यी क्षेत्रहरूमा लगानी गरिरहेको छ । यू.ए.ई.ले मध्यम मार्गी नीतिको साथ समाजिक रूपान्तर गरिरहेको छ । अर्थात् समाजलाई आधुनिककरणको लागि प्रविधिलाई प्रचुर मात्रामा प्रयोग गरिरहेको छ । भारतसंग सौहाद्रता र मित्रता बढेको खण्डमा पर्यटक क्षेत्र विस्तार हुन सक्ने कुरालाई यू.ए.ई.ले आत्मसाथ गरेको छ । आवुधावीको स्वामी नारायण मन्दिर ९०० करोड लगानीमा निर्माण भएको छ । एसियाको नै सबभन्दा सुन्दर मन्दिर भएकोले गर्दा धार्मिक पर्यटनलाई यो मन्दिरले टेवा दिन सक्छ । इण्डोनेशिया संसारको सबभन्दा ठुलो मुश्लिम जनसंख्या भएको मुलुक भए तापनि इण्डोनेशियाको वाली द्वीपले गर्दा हिन्दु पर्यटकहरूको प्रचुर मात्रामा आर्कषण गरिरहेको छ । आवुधावीको स्वामी नारायण मन्दिरको माध्यमबाट पर्यटकको साथ(साथै भारत यू.ए.ई. सम्बन्धमा नयॉ सुमधुरता बढाउने संदेश दिएको छ ।

प्रतिक्रिया