८ मंसिर २०८१, शनिबार | November 23, 2024

अरुण चौधरीलाई किन दुईदिनभित्र छाड्न आदेश आयो ?


February 6, 2024
1.4k
Shares

काठमाडौं, २३ माघ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा ठगी प्रकरणमा पक्राउ परी सीआइबीले अनुसन्धान गरिरहँदा काठमाडौं जिल्ला अदालतले सोमबार अर्थपूर्ण आदेश दिएको छ । आदेशमा दुई दिनभित्र हाजिर जमानीमा छाड्न भनिएको छ ।

जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यले आरोपीतहरुलाई रिहा गर्न आदेश दिने क्रममा पक्राउ परेका तत्कालीन बासबारी छाला जुत्ता कारखानाका अध्यक्ष अजितनारायण सिंह थापाको उमेर ८० वर्ष माथि रहेको विषय पनि उल्लेख छ । अरुण चौधरी र सञ्जय ठाकुरले हजारौंलाई रोजगारी दिएको भन्दै थुना बाहिर राखेर अनुसन्धानमा सघाउन भनिएको छ ।

अरुण चौधरी, अजितनारायण थापा र सञ्जय ठाकुर १८ माघमा पक्राउ परेका हुन् । अदालतको आदेशले उनीहरु २३ माघमा छुट्नेछन् ।

अन्यको हकमा प्रहरीले लामो अनुसन्धानका लागि हिरासतमा राख्ने गरेको छ । तर, चौधरीसहित तीनजना चाँडै छुट्ने आदेश आउनुलाई अर्थपूर्ण मानिएको छ ।

चौधरीको पक्षका वकिलले जग्गा ठगी नगरेको दाबी पेश गरेका छन् । चौधरीले पनि अदालतको आदेश आएमा मात्र जग्गा छाड्ने बयान दिएका छन् ।

प्रतिक्रिया