७ बैशाख २०८३, सोमबार | April 20, 2026

ब्राह्मण : शरणार्थी कि अनादिवासी ?


February 2, 2024
10.6k
Shares
सन्तोष आचार्य: इतिहासलाई आधार बनाउने हो भने, वर्तमान भारतमा मुस्लिम समुदायको प्रवेश ७औ शताब्दीमा भएको मानिन्छ । नेपालको सम्बन्धमा हेर्ने हो भने, १४औँ शताब्दीमा बङ्गालका सुल्तान समसुद्दीनले नेपालमा आक्रमण गरेर यहाँका देवल, मठमन्दिर र चैत्यहरूमा आक्रमण गरेको र यहाँका असंख्य हिन्दु एवं बौद्ध धर्मसँग सम्बन्धित मूर्तिहरू टुक्र्याएको इतिहास पाइन्छ । बौद्ध ग्रन्थलाई नै आधार बनाउने होभने बुद्धले सम्यकसम्वोधि प्राप्त गरिसके पश्चात उनले नेपाल र भारतको असंख्य स्थानहरूमा गएर दु:ख निवारण सम्बन्धी आफुलाई प्राप्त भएको महाज्ञान बाढ्न रातदिन लागिपरेका पाइन्छ । यसै क्रममा बुद्धको पिता रोगी भएपछि सिद्धार्थलाई पालन पोषण गर्ने उनको सौतेनी माता गौतमी (प्रजापती)को आग्रहमा एक पटक उनी आफ्नो राज्य फर्किएको र यहाँ आएर उनले ब्राह्मणसँग शास्त्रार्थ गरेका थिए भनेर बौद्ध धर्मका कैयौं अट्टकथाहरूमा पढ्न पाइन्छन । बौद्ध धर्म भित्रका यिनै कुरालाई आधार मान्ने हो भने सिद्धार्थ गौतमले २५०० वर्ष पूर्व यही भूमिमा ब्राह्मण समुदायसँग शास्त्रार्थ गरेका थिए ।
सिद्धार्थ गौतमका बाबुको नाम शुद्धोदन हुनु, उनको वास्तविक नाम सर्वार्थसिद्ध हुनु र यही सर्वार्थसिद्ध शब्दको छोटकरी नाम नै ‘सिद्धार्थ’ राखिनु, सिद्धार्थको श्रीमतीको नाम यशोधरा हुनु, उनीहरूको एक पुत्रको नाम समेत राहुल राखिनु, आमाको नाम मायावती हुनु र मायावतीको मृत्यु पश्चात गरिएको क्रियाकर्मको विधान हिन्दु संस्कारमा आधारित हुनु, सौतेनी आमाको नाम गौतमी (प्रजापती हुनु, सिद्धार्थको पत्नीको नाम यशोधरा (गोपा) हुनु र यशोधराको बुवाको नाम दण्डपाणि हुनु आदिले पनि उनको संस्कार र जीवनपद्धति कुन धर्मको आधारमा अघि बढेको थियो भन्ने कुराको सहजै आंकलन गर्न सकिन्छ ।
सर्वार्थसिद्धको जन्म पश्चात उनको भविष्यवाणी गरिनु, उनको चिना हेरिनु, चिनामा आधारित कुरालाई लिएर उनको त्यही अनुसार दरबारभित्रै पालन पोषण गरिनु आदि सबै कुरालाई हेर्दा उनी हिन्दु संस्कारद्वारा संस्कारित भएका पाइन्छन् । सर्वार्थसिद्धको ब्रतबन्ध गरिनु, यशोधरासँग विवाह गर्दाको पद्धति र प्रक्रिया आदिलाई हेर्दा र उनले गृह त्याग गरेर संन्यास धारण गर्दा अपनाएको विधि अर्थात लौकिक वस्त्र त्याग गरेर चिवर (सन्त वस्त्र) धारण गर्नु, संन्यास धारण गर्दा टुप्पीसमेत नराखी कपाल मुण्डन गर्नु आदि सबैलाई हेर्दा उनी हिन्दु संस्कृतिका अनुयायी रहेको प्रष्ट बुझिन्छ ।
बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि उनले ब्राह्मणसँग शास्त्रार्थ गरेको प्रमाणलाई नै आधार बनाउने हो भने पनि आजभन्दा २५०० वर्षपूर्व नै यहाँको समाजमा हिन्दु संस्कृति व्याप्त थियो भन्ने बुझ्न सकिन्छ । कैयौं बौद्ध ग्रन्थलाई पुष्टि गर्ने अट्टकथाहरूलाई हेर्ने हो भने गौतम बुद्ध यहाँ विद्यमान जाति प्रथाबाट चिन्तित भएको, मुर्ती पूजा उत्कृष्ट बिन्दुमा रहेको, र बुद्धको विरोध गर्ने ब्राह्मणहरू नै अन्तत: उनको शिष्य बनेको प्रमाण प्रशस्त पाइन्छ । बुद्धकै पहिलो शिष्य कौडिन्यकै जीवन इतिहास हेर्ने हो भने पनि यो कुराको पुष्टि हुन्छ ।
पछिल्लो समयमा इतिहासलाई बंग्याएर आफु अनुरूपको व्याख्या गर्न थालिएको छ । बुद्धसँग नेपाली भूमिमा शास्त्रार्थ गर्ने ब्राह्मणहरू भएको तथ्यलाई बौद्ध धर्मभित्रकै अट्टकथा प्रमाणित गर्दैगर्दा स्वयंलाई बुद्धिष्ट हुँ भनेर भन्नेहरूले नै ब्राह्मण भनेको मुसलमानले भारत बाट खेदाएपछि नेपाल छिरेका हुन् भन्नु आफैमा हास्यास्पद छ ।
बुद्ध धर्म नै वास्तवमा ब्राह्मणद्वारा परिपोषित भएको देखिन्छ । बुद्धको वाणी र उपदेश संग्रह गरिएको धम्मपदभित्र भएको “ब्राह्मण वग्ग”मा एक पूरा अध्याय ब्राह्मणको स्तुति गाइएको छ । बुद्ध स्वयंले ब्राह्मण भनेको विद्वान वर्ग हुन् यिनीहरूलाई नचलाउनु, यिनको अपमान नगर्नु भनेर भनेका छन् । मज्झिम निकायमा बुद्धले ब्राह्मणका पाँच विशेषताहरूको वर्णन गरेका छन् । सत्य, तपस, ब्रह्मचर्य, अज्जहेना (अध्ययन) र त्याग भनेर विशेषतालाई वर्गीकरण गरेका छन् । अस्सालयन सुत्तमा गौतम बुद्धले मानिसको कर्मद्वारा सर्वश्रेष्ठ भनेको ब्राह्मण हो भनेर उल्लेख गरेका छन् । नागसेनको मिलिन्द पोह मा एक कहानी आउँछ जसमा गौतम बुद्धले स्वयंलाई आफु कर्मले ब्राह्मण भएको उल्लेख गरेका छन् ।
विनयपिटकको महावग्गमा गौतम बुद्धले भनेका छन् कि वेद भनेको दस जना ब्राह्मण अर्थात अत्रि (अत्तको), वामको, वामदेव, विश्वामित्र (वस्समित्तो) जमदग्नि (यमतग्गी), अंगरसो, भारद्वाज, वशिष्ठ, कश्यप र भ्रगु ऋषिद्वारा दिइएको ज्ञान हो जुन सत्य, असली, शुद्ध र पवित्र छ । बुद्धको मुख्य शिष्य शारीपुत्र पनि ब्राह्मण थिए, जो अश्वजीत (अस्सजी) ( का सन्तान थिए । उनैले अभिधम्म दर्शनको शुरुवात गरेका थिए । बुद्धका अर्का शिष्य मुद्गलयान पनि ब्राह्मण नै थिए ।
महायान दर्शनका फाऊन्डर कश्यप पनि ब्राह्मण नै थिए । बौद्धधर्म भित्रको थेरवाद सिद्धान्तको प्रवर्तक नागार्जुन र अश्वघोष पनि ब्राह्मण नै थिए । वज्रयान सम्प्रदायको संस्थापक बुद्धघोष पनि ब्राह्मण नै थिए । तिब्बती बौद्ध धर्मको प्रवर्तक पदमसंम्भव पनि ब्राह्मण नै थिए । जेन बौद्ध धर्मको  फाउन्डर बोधिधर्म पनि ब्राह्मण नै थिए । कुंग फू स्कुलको संस्थापक कुमारजीव पनि ब्राह्मण नै थिए । बोधिधर्मन र कुमारजीव यी दुईले नै सर्वप्रथम बौद्धधर्मलाई चीनमा फैलाएका थिए ।
आर्यदेव जसले श्रीलंकामा बुद्धिज्म फैलाए, जसलाई त्यहाँ बोधीदेव नामले चिनिन्छ उनी पनि ब्राह्मण थिए । नागसेन, जसले ग्रीक राजा मिलिन्दलाई बौद्ध दर्शनद्वारा दीक्षित गरेका थिए, उनी पनि ब्राह्मण थिए । जसले सबैभन्दा पहिला बुद्धचरित्र रचना गरेका थिए । शान्तिदेव जसले सर्वप्रथम बोधीसत्वको पद्धति समाजमा फैलाएका थिए, उनी पनि ब्राह्मण थिए । धर्मकीर्ति जसले तर्कशास्त्रको रचना गरे, ती पनि ब्राह्मण थिए । बुद्धको प्राय: सबै शिष्य ब्राह्मण थिए । धम्मचक्र र चार आर्य सत्य पनि ब्राह्मणहरूकै देन हुन् । राहुल सांकृत्यायन पनि ब्राह्मण नै थिए । तक्षशिलामा त्यो समयमा पढाउने सबै गुरूहरू ब्राह्मण थिए । तर पनि ब्राह्मणकै विषयलाई लिएर कुतर्क गर्नु आफैमा हास्यास्पद छ ।
बुद्ध स्वयं मूर्ती परम्पराको विरोधी थिए । तर पनि विदेशीहरूबाट परिचालित एकथरी समुह यहाँ बुद्धको मूर्ति नै हिन्दुले मन्दिरमा परिणत गरेका हुन भनेर बुद्धको आकृतिलाई नै मन्दिर र �

प्रतिक्रिया