दिल्लीमा नेपाली सांसदहरुको भव्य स्वागत
नयाँ दिल्ली, १७ माघ । भारत भ्रमणमा पुगेका नेपालका सांसदहरुको टोलीको नयाँ दिल्लीमा भव्य स्वागत भएको छ । मंगलबार साँझ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा पुगेका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सांसदहरुको भव्य स्वागत भएको हो ।
सांसदहरुलाई विमानस्थलमा भारतको संसदको चिफ प्रोटोकल अफिसरले स्वागत गरेका थिए । विमानस्थलमा नाँचगानसहित स्वागत भएको थियो ।
सांसद राजकिशोर यादव नेतृत्वको टोलीले भारतको विभिन्न स्थानको भ्रमण गर्नेछ ।