६ आश्विन २०८१, आइतबार | September 23, 2024

ओलीद्वारा गठबन्धन भत्काउने चेतावनी, प्रचण्डलाई २०८४ सम्म प्रधानमन्त्रीको ललिपप


January 18, 2024
2.7k
Shares

काठमाडौं, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन भत्काउने चेतावनी दिएका छन् । उनले बिहिबार च्यासलस्थित तुल्सिलाल स्मृति प्रतिष्ठानमा राखिएको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै त्यस्तो चेतावनी दिएका हुन् ।

मिशन ८४ कुर्न नसक्ने भन्दै ओलीले गठबन्धनलाई भ्रष्टाचार, कमिशनखोरको समूहको संज्ञा दिए । गठबन्धन रहेसम्म देश बर्बाद हुने उनको भनाई थियो ।

गठबन्धनभित्र ओलीले खेलिरहेको विषय आइरहँदा पछिल्लो भनाई आएको हो । प्रधानमन्त्री प्रचण्डले एमालेलाई राष्ट्रियसभामा भाग दिन खोजेका थिए । तर, गठबन्धनभित्रबाट विरोध भएको थियो ।

ओलीले प्रचण्ड या शेरबहादुर देउवामध्ये एकसँग मिलेर गठबन्धन भत्काउने रणनीति चालिरहेका छन् । विशेषगरी, प्रचण्डसँग फेरि मिल्ने योजनामा ओली देखिएका छन् । प्रधानमन्त्रीमा गठबन्धनभित्र आलोपालो सहमति भएकोमा प्रचण्डको कार्यकाल अब एक वर्षभन्दा कम रहेको छ ।

विश्वस्त स्रोतका अनुसार ओलीले प्रचण्डलाई २०८४ सम्म प्रधानमन्त्री दिएर गठबन्धन भत्काउन खोजेका छन् । यसका लागि भित्र भित्र एमाले र माओवादीका केही नेताहरुले छलफल बढाइरहेका छन् ।

प्रतिक्रिया