३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नेपालले भारतसँग नयाँ हवाईमार्गको लागि आग्रह गर्ने


January 3, 2024
332
Shares

काठमाडौं, १८ पुस । नेपालले भारतसँग नयाँ हवाईमार्गको लागि आग्रह गर्ने भएको छ । भारतका विदेशमन्त्री एस जयशंकरको १९ पुसबाट हुने भ्रमणका क्रममा त्यस्तो आग्रह गरिने बुझिएको छ ।

नागरक उड्डयन मन्त्रालयका तर्फबाट दुई देशको परराष्टसचिवस्तरीय बैठकका लागि प्रस्ताव पुगिसकेको छ । जसमा तेस्रो देशको एयरलाइन्सहरूको लागि भैरहवा, नेपालगंज र महेन्द्रनगर हुंदै नेपाल प्रवेश गर्न नयाँ एयररूटको लागि आग्रह गरिने प्रस्ताव प्राथमिकतामा राखिएको छ ।

पोखरा अन्तरराष्ट्रीय विमानस्थलबाट भारतको विभिन्न शहरहरूमा सीधा उडानको लागि अनुमति दिने प्रस्ताव पनि गरिएको छ ।

बुद्ध एयरलाई भारतको अन्य शहरहरू पटना, लखनऊ, गया, देहरादून संग पनि सीधा हवाई उडान अनुमतिको लागि अनुरोध गरिने समेत प्रस्ताव छ ।

हिमालयन एयरलाईन्सलाई भारतमा उडान अनुमति दिनको लागि आग्रह गरिने उल्लेख छ ।

नेपाल वायुसेवाको विमानलाई भैरहवाबाट दिल्ली र पोखराबाट दिल्ली सहित अन्य शहरहरूमा उडानको अनुमति लिने प्रस्ताव पनि रहेको छ ।

भैरहवा स्थित गौतम बुद्ध विमानस्थलमा जडान गरिएको आइएलएस सञ्चालनको लागि टेकनीकल कोर्डिनेशन टीमको बैठकको मिति निर्धारण गर्ने प्रस्ताव छ ।

प्रतिक्रिया